बुवासँग खेल्ने बालबालिकाको दिमाग यस कारण तेज हुन्छ

पाेखरा ४ मंसिर- बच्चाहरूलाई बुद्धिमान् बनाउन चाहनुुहुन्छ भने उनीहरूसँग धेरै समय बिताउनुस् । उनीहरूका हरेक क्रियाकलापमा साथ दिनुस् । सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् ।

पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ ।

हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ।
एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ । लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ ।

बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ । अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका दौरान उनीहरूले तीन महिनासम्म बच्चाहरूले आआफ्ना पितासँग खेलेको भिडियो बनाए । यसको २ वर्षपछि उनीहरूले बच्चाहरूको मानसिक विकास सूचकांक हेरे । त्यसबाट बच्चाहरू बढी बुद्धिमान् भएको पाइयो ।

प्रकाशित मिति November 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।