तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी

पाेखरा ३ मंसिर- ढाँट्ने बानी परेका बच्चाका कारण कतिपय अविभावक तनावमा पर्ने गरेका छन् । साना बच्चाले गरेका कतिपय कुरा हामी सहजै पत्याइहाल्छौँ । तर उनीहरुले गरेका कतिपय कुरा झुठा पनि हुन्छन् । आफ्नो बच्चाको बानीलाई सुधार्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको हुन्छ । तपाईं पनि यस्तै समस्या झेलिरहनु भएको छ भने केही उपाय अवलम्बन गर्न सक्नु हुनेछ ।

यी सात सहज उपायः

झुठ किन ?
बच्चाले झुठ बोल्छन् भन्ने कुरामा तपाईले आश्र्चय नमान्नु होला । यद्यपि, उनीहरुमा कल्पनाशिलता भने धेरै नै हुन्छ । कल्पनाशिलतामा हामी सबै उनीहरुको काल्पनिक कथाको एउटा पाटो हुने गर्छौं । बच्चाले सहज रुपमा सही र गलत छुट्याउन सक्दैनन् । त्यसैले चाहेर पनि उनीहरुको धेरै कुरा झुठो हुने गर्छ ।

बच्चाले गर्ने कुरालाई बेवास्ता नगर्नुहोस्– बालबालिकाले गर्ने सानो–सानो झुठ कुरालाई बेवास्ता नगर्नुहोस् । जस्तो कि तपाईंलाई खुशी पार्न बच्चाले बुबा÷आमा मैले आज धेरैबेरदेखि पढी रहेको छु भन्छन् । यस्तो अवस्थामा तपाईंले उसको कुरालाई पत्याइ हाल्ने भन्दा पनि उसले झुठ बोलिरहेको छ भन्ने ठम्याउन आवश्यक छ । र, उसको झुठलाई सुधार्न झुठो कुरो कुनै पनि हालतमा झुठै हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

कुराकानी गरेर बच्चालाई सम्झाउनुहोस्– झुठो कुरो गरिरहेको छ भन्ने थाहा पाउनु भयो भने यस्तो झुठ बोलिरहनु आवश्यक नै छैन भन्ने कुरा बुझाउनुहोस् । झुठ बोल्दा पनि आफुलाई विश्वास गरेर बुबा÷आमाबाट धेरै माया पाउँछु भन्ने बच्चामा भ्रम हुन सक्छ । यस्तो झुठ कहिल्यै साँचो हुन नसक्ने कुरा राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

सकारात्मक सोच प्रस्तुत गर्नुहोस्
यदि बच्चाले गरेका कुनै पनि प्रयास असफल भयो । र उक्त कुरा उसले साँचो रुपमा बताउँछ भने त्यसलाई सकारात्मक रुपमा लिनुहोस् । उसको असफलता अथवा गल्तिलाई लिएर शारीरिक तथा मानसिक यातना दिने, कुट्ने नगर्नुहोस् । उसले गर्ने साँचो व्यवहारलाई पुरस्कृत गर्ने बानी बसाल्नुहोस् ।

सम्मान गर्न सिक्नुहोस्अपेक्षाबाट बच्नुहोस्– जब अभिभावकले आफ्नो बालबच्चाबाट बढीभन्दा बढी अपेक्षा राख्छ भने उसले झुठ बोल्न थाल्छ । आफ्नो बच्चा नाच्न, गाउन, पढ्न, लेख्न तथा अन्य सबै कार्यमा तेज होस् भन्ने बढी अपेक्षा राख्नु गलत हुनेछ । र, यी सब कार्य सम्भव पनि हुने छैन । उसको असफलताप्रति कहिल्यै हतास नहुनुहोला ।

अतिशयोक्तिलाई सम्झनुहोस्– साना बच्चा टेलिभिजनमा कार्टुन हेर्छन् या कथाहरु सुन्छन् । जसका कारण उनीहरुमा अतिशयोक्ति हुन सक्छ । कुनै पनि कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने हुन्छन् । यस्तो कुरा मनोरञ्जनात्मक त हुन्छन् । यी कुरा यथार्थ तथा काल्पनिक कति हुन् उनीहरुलाई बताउन आवश्यक हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
२ दिनका लागि स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने काम स्थगित

यातायात व्यवस्था विभागले मंगलबार र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो ।

सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ (फास्ट प्रिन्टिङ) सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ,’ उनले भने, ‘बिहीबारदेखि नै हामी नियमितरुपमा सेवा दिनेछौँ ।’

दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ जडान सकिएसँगै अहिले ‘सफ्टवेयर’ को काम भइरहेको छ । सो उपकरणको प्रतिघण्टा ५ देखि ६ सयसम्म कार्ड छाप्ने क्षमता रहेको छ । एक वर्ष पहिले आवेदन दिएका सेवाग्राहीले समेत अनुमतिपत्र नपाइरहेकामा ‘मास प्रिन्टर’ ले काम गर्न थालेसँगै सो समस्या हट्ने विश्वास गरिएको छ ।

विभागले विदेश जानका लागि वा स्वदेशमा नै चाँडो छपाइ चाहिने अवस्थामा सेवाग्राहीलाई एक सातामा नै चालक अनुमतिपत्र छाप्दै आएको थियो । विभागले अनुमतिपत्र छपाइको गति बढ्ने भएकाले सरकारले दश लाख कार्ड खरीद प्रक्रियासमेत अघि बढाएको थियो ।

प्रकाशित मिति November 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।