गणेश भगवानकाे पुजा किन सबैभन्दा पहिला गरिन्छ ? यस्तो छ कारण

पाेखरा ३ मंसिर- गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्।

नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ |

जस्तै:डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ । डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ । दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ । गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।

गणेशको रूपले के बुझाउछ ?
(भगवान श्री गणेश)

भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।

शिर:भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ।

यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान:भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन।

कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

नाक:भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

पेट:भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू:भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन:भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।

भगवान श्री गणेशको जन्म:

(भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”

यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश शब्दसँग सम्बन्धित बिषयहरू
गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:

गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ। गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ। गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ। श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ।

याे पनि पढ्नुहाेस्ः
बिहीबार, चतुर्थी परेकाले गणेश भगवानका लागि विशेष

बिहीबारको दिन गुरु ग्रह र गणेश भगवानको विशेष पूजा गर्दा लाभ मिल्छ । चतुर्थी गणेश भगवानको तिथि पनि हो । यस दिन गणेश भगवानका लागि व्रत–उपवास तथा पूजापाठ गरेमा घरमा सुख–समृद्धि बढ्ने छ । ज्ञान र बुद्धि पनि बढ्ने छ । गणेश भगवानको जाप गर्दा यी १२ मन्त्र उच्चारण गर्नुहोस् । गणेश भगवानसमक्ष दीप जलाउनुहोस् । यसपछि १२ नाम मन्त्रको जाप कम्तिमा १०८ पटक गर्नुहोस् ।

ऊँ सुमुखाय नमः, ऊँ एकदंताय नमः, ऊँ कपिलाय नमः, ऊँ गजकर्णाय नमः, ऊँ लंबोदराय नमः, ऊँ विकटाय नमः, ऊँ विघ्ननाशाय नमः, ऊँ विनायकाय नमः, ऊँ धूम्रकेतवे नमः, ऊँ गणाध्यक्षाय नमः, ऊँ भालचंद्राय नमः, ऊँ गजाननाय नमः।

पूजा सम्पन्नपछि भक्तजनलाई प्रसाद वितरण गर्नुहोस् । र गणेश भगवानसमक्ष दुख आइनपरोस् भन्दै प्रार्थना गर्नुहोस् । यस्तै, गुरु ग्रहका लागि बिहीबारको दिन शिवलिंगमा बेसनको लड्डु चढाउँदा लाभ मिल्नेछ । गरिबलाई चनाको दाल दान गर्नुहोस् । यसैगरी केराको बोटमा पूजा गर्नुकासाथै केरा दान पनि गर्नुहोस् ।

याे पनि पढ्नुहाेस्ः
हिन्दूधर्ममा मंगलबार किन विशेष छ ?

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नु पर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।

याे पनि पढ्नुहाेसः
वैज्ञानिक मापदण्ड अनुससार जिल्लागत उत्कृष्ट शिक्षक छानिंदै

कास्तो छ मापदण्ड ? विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विना आधार शिक्षक तथा शिक्षा सेवीलाई पुरस्कार दिइएकोमा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४० औं राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले त्यस्तो आधार तय गरेको हो ।

दिवसमा विद्यालयहरुलाई भने तिनले हासिल गरेको नतिजाका आधारमा राष्ट्रिय र प्रदेशगतरुपमा राष्ट्रिय शिल्ड, ध्वजा र नगद पुरस्कार दिइँदै आएको छ । विगतको जस्तो धेरै संख्यामा नभई स्पष्ट मापदण्डका आधारमा सीमित व्यक्तिलाई पुरस्कृत गर्ने समितिको तयारी छ । मापदण्डबिना पुरस्कार दिँदा दिने र लिने पक्ष समेत आलोचित हुँदै आएको स्थितिमा कार्यसम्पादन मूल्याङ्कन र परिणाम सूचकका आधारमा पुरस्कार दिन लागिएको हो ।

समितिको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइलाई जिल्लाबाट एक एक जना उत्कृष्ट शिक्षकका लागि फारम भरी पठाउन पत्राचार गरेको छ । उक्त फारममा पाँच सूचक र तिनका लागि अङ्कभार समेत समावेश गरिएको छ ।

उत्कृष्ट शिक्षक छनोटका लागि शिक्षकले पठनपाठन गरेका कक्षाहरुको कक्षागत औसत सिकाइ उपलब्धिका लागि ४०, शिक्षकले अध्यापन गर्ने तहको शैक्षिक उपलब्धिका लागि २०, शिक्षण सिकाइमा पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र उपयुक्त शिक्षण विधिको प्रयोगका लागि २०, विद्यालयमा अतिरिक्त तथा सहक्रियाकलापको सञ्चालनमा योगदानका लागि १० र विद्यालयको विकासका लागि पुर्‍याएको योगदानका लागि १० गरी १०० पूर्णाङ्क निर्धारण गरिएको छ ।

पुरस्कारका सिफारिशका लागि कम्तीमा १० वर्षको शिक्षण अनुभव भएको, स्थायी शिक्षक रहेको, हप्तामा २४ पिरियडभन्दा बढी शिक्षण गर्ने गरेको, नयाँ खोज तथा कार्यमूलक अनुसन्धान गरेको, बढुवा भएको तीन वर्ष अवधि पूरा भएको, कार्यसम्पादन मूल्याङ्कनमा ९० अङ्क ल्याएको, तालीम प्राप्त, विभागीय कारवाही नभएको, माथिल्लो कक्षाको आफ्नो विषयमा विद्यार्थी प्राप्ताङ्क औसत ८० प्रतिशतभन्दा बढी भएको थप आधार तय गरिएको छ ।

यस्तै विद्यालयको नाममा बेरुजु नरहेको, छात्रवृत्ति, पाठ्ययुस्तक आदि समयमै वितरण गरेको (प्रअ भएमा), सामाजिक परीक्षण, कानूनी लेखा परीक्षण नियमित गरेको, विद्यालय व्यवस्थापन समितिको गठन समयमै गरेको हुनुपर्ने पनि आधार तय गरिएको छ ।

नेपाल शिक्षक महासङ्घका कावाअध्यक्ष पूर्णप्रसाद दवाडीले यस प्रकारको छनोट मापदण्डले शिक्षकहरुमा विवाद कम हुने र काम गर्नेको सही मूल्याङ्कन हुने अपेक्षा व्यक्त गरे । राष्ट्रिय शिक्षा दिवस यही भदौ २२ गते मनाइँदैछ । सोही दिन विश्वव्यापीरुपमा हरेक सेप्टेम्बर ८ मा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै आइएको छ ।

सन् १९६६ अक्टोबर २६ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को १४औँ सेसनबाट अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने प्रस्ताव पारित भएको थियो । यस वर्षको अन्तर्राष्ट्रिय दिवसको नारा ‘लिटेरेसी र मल्टिलिङ्ग्युयालिज्म’ रहेको छ ।

मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार विश्वविद्यालयका प्राध्यापकमध्ये १५, प्रविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का प्रशिक्षकमध्ये सात र अन्य योगदानकर्तालाई पुरस्कार, पदक र प्रशंसापत्र दिने तय गरिएको जानकारी दिए । प्राध्यापकहरुको छनोट विश्वविद्यालय अनुदान आयोगले गर्नेछ ।

दिवसमा सरकार, नागरिक समाज र सरोकार भएकाहरुका लागि विश्व साक्षरदता दर बढाउन र साक्षरताका लागि विद्यमान चुनौतीबारे समीक्षा गरिन्छ । दिवसलाई परम्परागत र औपचारिकरुपमा नभई मौलिक रुपमा मनाउन समितिले पहल थालेको छ भने सबै स्थानीय तहलाई आफ्नो तरिकाले दिवस मनाउन अपिल गरिएको छ ।

याे पनि पढ्नुहाेस्ः
नेपाल–भारत सम्बन्धमा बाधक,नेपाली भूमि अति*क्रमण

दार्चुला जिल्लास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भू–भागलाई भारतले आफ्नो नक्साभित्र पारेपछि नेपाल भारतबीच गम्भीर विवाद सिर्जना भएको छ । भारत दक्षिण एशियाको एक महत्वपूर्ण राष्ट्र मात्र नभई विश्वकै राजनीतिमा प्रभाव पार्नसक्ने एक शक्ति राष्ट्र हुनुका साथै एक ठूलो आर्थिक शक्ति भएको प्रजातान्त्रिक मुलुक हो ।

महात्मा गान्धीको भारत छोडो आन्दोलनको बलमा बेलायतबाट स्वतन्त्र भई गान्धीवादी सिद्धान्तमा चलेको र प्रजातान्त्रिक नेताहरु जवाहरलाल नेहरु, लालबहादुर शास्त्री, इन्दिरा गान्धी जस्ता नेताद्वारा नेतृत्व गरिएको भारत हाल प्रजातन्त्रका मूल्य मान्यतालाई आत्मसात् गरेरै विश्व मञ्चमा एक आर्थिक शक्तिका रुपमा उदय भएको छ ।

भारत दक्षिण एशियाली राष्ट्रको क्षेत्रीय सहयोग सङ्गठन सार्कको पनि एक महत्वपूर्ण सदस्य राष्ट्र रहेको र नेपालको विकास प्रयासमा सहयोग गर्दै आएको मुलुक हो । भारतको सहयोगमा नेपालमा धेरै आयोजना सम्पन्न भएका छन् भने अरु धेरै आयोजना निर्माणको चरणमा छन् ।

यस्तो पृष्ठभूमिमा भारतले नेपालसँगका समस्या एकपछि अर्को गरी सुल्झाउँदै लगेका बखत एक्कासी नेपाली भूमि भारतको नक्शाभित्र पार्नु निश्चय नै दुर्भाग्यपूर्ण हो र यसले नेपाल–भारतबीचको मित्रतालाई मजबुत भएको देख्न चाहने जो कोही नेपालीलाई असह्य कुरा हो । यस्तो कदम भारतमा रहेका नेपालका तमाम शुभचिन्तकका लागि पनि निकै बिझाउने कुरा हो ।

हालको विश्व प्रजातन्त्र, मानव अधिकार र भाइचाराको मान्यतामा दिनहुँ सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ । विश्वका ठूला सङ्कट र द्वन्द्व एकपछि अर्को गरी सुल्झदै गएका छन् भने अमेरिका र उत्तर कोरिया जस्ता कुनै समयका शत्रु राष्ट्र पनि वार्ताको टेबलमा आएको परिदृश्य पनि हामीले देख्न पाएका छौँ । भारतले पनि आफ्ना छिमेकीसँग मित्रताको हात अघि बढाउँदै आएको छ भने आतङ्कवादविरुद्घ लड्दै पनि आएको छ । उसले बङ्गलादेश, श्रीलङ्का आदि देशसँगको सम्बन्धमा आएका सङ्कटलाई समाधान गर्दै अघि बढेको छ ।

नेपालसँग पनि केही समय केही असमझदारीबीच अघोषित नाकाबन्दी लगाउँदा बिग्रेको सम्बन्धलाई सुधार गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रताको हात अघि बढाएका बेला यस्तो समाचार आउनु प्रत्येक नेपालीका लागि दुःखद नै हो । नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुराको जमीन भारतीय नक्शाभित्र पारिएको स्थितिमा नेपाल–भारत सम्बन्धमा चुनौती थपिएको छ ।

नेपाल–भारत सीमा सुगौली सन्धिले निर्धारण गरेको सीमाअनुसार नै रहँदै आएको छ । जसअनुसार महाकाली नदी पूर्वनेपाल भनिएको छ भने यसलाई अनादर गर्न खोज्नु भारतको अर्घेल्याँई नै हो । भएका समस्यालाई पनि समाधान गर्दै अगाडि बढ्नुपर्नेमा सन्धिले प्रष्ट पारेको कुरालाई फेरि बल्झाउनु युक्तिसङ्गत देखिँदैन । यसबाट भारत सुमधुर बनिसकेको सम्बन्धलाई पनि कसरी अचानक भताभुङ्ग पार्न सक्छ भन्ने अविश्वासीपना नै प्रकट भएको छ ।

भारतले नयाँ नक्शा जारी गरेपछि नेपालमा निकै ठूलो हलचल नै मच्चिएको छ भने सम्पूर्ण दलहरु, नागरिक समाज, विभिन्न तह र तप्काबाट भारतीय कदमको कडा विरोध भएको छ । विभिन्न जनवर्गीय सङ्गठनले पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार राष्ट्रिय युवा सङ्घ नेपालको भेलामा बोल्दै देशको एक इञ्च जमीन पनि मिच्न दिइने छैन भन्द्यै स्पष्ट शब्दमा भारतले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् भनेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईले पनि भारतीय कदमको विरोध गर्दै सुगौली सन्धिअनुसार महाकाली पूर्वको जमीन लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको हुनाले भारतले आफ्नो नक्शाभित्र पार्नु नाजायज भएको बताइसकेका छन् । सबैले भारतको यस कदमको विरोध गर्दै यस समस्यालाई सरकारले तत्कालै कूटनीतिक पहलबाट समाधान गरी सो जमीन फिर्ता ल्याउनुपर्ने कुरामा जोड दिएका छन् ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपाली जमीन मिचिएको यथेष्ट प्रमाण रहेको बताउँदै यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गरिने बताएका छन् । यसैबीच भारतका सञ्चारमाध्यमले भने नेपाल कसैको उक्साहटमा परी भारतविरुद्घ प्रदर्शन गरेको भन्दै उल्टै दुष्प्रचार गर्न लागिपरेका छन् । \

उनीहरु नेपाल चीनको ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा संलग्न भई भारतविरुद्घ लागेको जस्ता प्रचार गर्न थालेका छन । जबकी सो परियोजना यस क्षेत्रका सबै देशलाई आर्थिक विकासका लागि एकताबद्घ गर्ने उद्देश्यले आएको बताइएको छ । यसमा भारतलाई पनि संलग्न गराउन चीनले आह्वान गर्दै आएको छ ।

नेपालको सार्वभौमिकताको रक्षा गर्ने कुरालाई कुनै देशको उक्साहटमा लागेको, कसैले भड्काएको जस्ता आरोप लगाउनु भारतीय सञ्चारमाध्यमको अर्घेल्याँई मात्र ठहर्छ । आफ्नो जमीनको रक्षा गर्ने अधिकार नेपाललाई छ । भारत एक नजिकको र सहयोगी छिमेकी भएको नाताले र सदियौँ पुरानो नेपाल–भारत मित्रताका आधारमा नेपाललाई बिझाउने कुरा नगर्नु नै नेपाल र भारतको द्विपक्षीय हितमा रहेको कुरा स्मरणीय छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हालैका वर्षमा विकसित घनिष्ठ सम्बन्धका आधारमा पनि नेपाल–भारत सम्बन्धलाई फेरि पुरानै नाकाबन्दी ताकाको असहज स्थितिमा पु¥याउन नहुने र दुई देशले आपसी कुटनीतिक पहलबाट तुरुन्तै समस्या सुल्झाइ नेपाली जमीन फिर्ता हुनु नै दुवै देशको हितमा हुनेछ ।

याे पनि पढ्नुहाेस्ः
आज मंसिर ३ गते मङ्गलबार भगवान श्री गणेशको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफलः

वि.सं. २०७६ मंसिर ३ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ नोभेम्बर १९ तारिख, शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। सप्तमी, १३:५२ उप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, २०:३० बजेउप्रान्त मघा। योग– ब्रह्म, २२:०३ बजेउप्रान्त ऐन्द्र। करण– वव, १३:५२ बजेदेखि वालव, २४:४९ बजेउप्रान्त कौलव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– कर्कट, २०:३० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ० पला। अष्टमी व्रत। साँझमा भैरवोत्पत्ति। सर्वार्थसिद्धि योग २०:३० बजेसम्म।

भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्वपूर्ण कार्यमा व्यवधान आउन सक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म, कर्ममा मन लाग्ने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन भावुक र उत्ताउलो बन्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भय पनि रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज प्रेमीको सहयोग पाईने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधाहरू उत्पन्न हुनेछन् । तर नयाँ कार्यको योजना बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएका काम पुनः शुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज शुभ कार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।

याे पनि पढ्नुहाेस्ः
चलचित्र मखमली मखमलीको ट्रेलर आयो, मंसिर १३ मा प्रदर्शन हुने चलचित्रमा दुई अर्थी संवाद धेरै

चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ । यहि मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ को ट्रेलरमा छाडा किसिमका दुई अर्थी संवादहरु अत्याधिक सुन्न सकिन्छ । निर्मात्री, गीतकार तथा संगीतकार समेत रहेकी साबित्रा चिलुवालले लेखेको कथामा बनेको यस चलचित्रलाई यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्र भनिएको छ ।

नायक जयकिशन बस्नेतले अन्य चलचित्रमा झैं यसमा पनि हँसाउँछन् शुभेच्छा थापाले कारुणिक भुमिकामा अभिनय गरेकी छिन् । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रको अन्य कलाकारमा सविन बास्तोला, शारदा गिरी (कालीबुढी) सुदर्शन आचार्य, परि तामाङ बाल कलाकार सम्राट पोखरेल तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सफल बनाउँनेमा निर्माण पक्ष ढुक्क देखिन्छ । यो चलचित्रको सार्वजनिक प्रदर्शन हुनु भन्दा अगाडी विभिन्न शोहरु गरी सामाजिक कार्यमा खर्च गरि रहेको छ भने अब हुने आम्दानीबाट पनि २५ प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने निर्मात्री साबित्रा चिलुवालले बताउँने गरेकी छिन् ।

प्रकाशित मिति November 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।