रातको १० बजेपछि होमवर्क गराउँन नपाइने

पाेखरा २ मंसिर– सधैैंँ विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् । साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको बोझ थप्न अभिभावक पनि लागि पर्छन् ।

अब विद्यालय होस् वा घरमा जतिबेलै पनि पढाई लेखाईमा समय दिने हुदा विद्यार्थीहरु अरु कामका लागि फुर्सदसमेत हुँदैनन् । तर चीनमा भने यो समस्या छैन । चीनमा समयभन्दा बाहिर होमवर्क गर्न पाइँदैन । विद्यार्थीमाथि बोझिलो बनेको होमवर्कबाट क्रुद्ध भएर चीनमा एउटा अनौठो कानून बनाइएको छ । चीनको झेजियाङ प्रान्तमा लागू भएको यो नियमले निकै ठूलो चर्चा पाएको छ । उक्त कानुन अनुसार कुनै पनि अभिभावकले आफ्ना छोराछोरीलाई राति १० बजेपछि होमवर्क गराउँन पाइदैन ।

शनिबार र आइतबार विद्यार्थीले मज्जाले खेल्न तथा रमाइलो गर्न पाउनुपर्ने, विदाका दिन पढ्न पठाउन वा घरमै पढाउने मान्छे बोलाउन समेत पाइने छैन ।

उनीहरुलाई अनिवार्य सुत्न दिनुपर्ने हुन्छ । होमवर्कका लागि १० बजेपछि पछि छोराछोरीलाई अनिदो राख्न नपाइने भएपछि अभिभावकहरु १० बजे अगावै आफ्ना सन्तानलाई सुत्न दिने गरेका छन् । नियममा बच्चाका लागि होमवर्कभन्दा पर्याप्त निद्रा महत्वपूर्ण हने भन्दै रातमा १० बजे अगावै सुताउनु पर्ने नियम छ । शनिबार र आइतबार विद्यार्थीले मज्जाले खेल्न तथा रमाइलो गर्न पाउनुपर्ने, विदाका दिन पढ्न पठाउन वा घरमै पढाउने मान्छे बोलाउन समेत पाइने छैन । तर अभिभावकहरुले यस नियमको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति November 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।