कर्म नै आफ्नो स्वामी र कर्म नै आफ्नो गति हो

पाेखरा १ मंसिर- भगवान बुद्धले भिक्खुहरुलाई सम्बोधित गर्दै भन्नुभयो- वहाँहरुले स्वयंलाई आफ्नो द्वीप, आफैलाई शरण बनाएर, अरु कुनै अन्यहरुको शरणागत नबनीकन, यसरी नै धम्मलाई द्वीप बनाएर, शरण बनाएर अरु कुनै अन्यहरुको शरणागत नबनी कन विहार गर्नु पर्ने हुन्छ, अथवा धम्म आचरण गर्नु पर्ने हुन्छ।

भगवानले निग्रोध जातक लाई उल्लेख गर्दै भन्नुभयो-

“भिक्खुहरु हो !
अत्ता हि अत्तनो नाथो, को हि नाथो परो सिया।
अत्तनाहि सुदन्तेन, नाथं लभति दुल्लभं।”

व्यक्तिले अरुलाई मात्र आफ्नो आधारिलो स्वामी बनाएर मान्दैमा, मार्गको प्राप्ति हुनसक्दैन। व्यक्तिले आफुलाई आफैले दह्रिलो, विश्वासिलो आधार बनाएर राम्ररी दमन गरेर निरन्तर आचरण जारी राख्नाले त्यो दुर्लभ भएको निर्वाणलाई आफैले प्राप्त गर्न सक्ने स्वयंको नाथ हुन सक्दछ। अन्यथा आफु बाहेक अरु कोहि पनि आफ्नो नजिकको आधारिलो स्वामी बन्न सक्दैन, आफ्नो स्वामी आफु स्वयं मात्र आफ्नो हो।

एक समय नंगलकुल थेरले भिक्खुहरुलाई भनेर बताए कि- “म अब मुक्त भएँ।”
यो सुनेर भिक्खुहरुले भगवानलाई भने- “भगवान ! ई नंगलकुल झूठ बोल्छन् ,अर्हत्व प्राप्तिको घोषणा गर्छन्।”

तब भगवानले भन्नु भयो- “अत्ता हि अत्तनो नाथो, अत्ता हि अत्तनो गति।”

आफु नै आफ्नो स्वामी नाथ हो। आफ्नो दुर्गति, सुगतिको निर्माण कारक कर्ता पनि आफै स्वयंले गरेको कर्म नै हो। अर्थात् आफुले गरेको कर्म अनुसारको फललाई निर्धारित लिएर आफ्नो गतिको प्राप्ति अवश्य हुन्छ। यहाँ आफ्नो भन्नु नै मात्र कर्म हुन्छ। तथागत भगवान् बुद्धले आफुले आफैलाई पनि स्वामी भन्नु भएको छैन। प्रत्येक व्यक्तिलाई स्वतंत्र बनाउनु भएको छ। अरुहरुले लिएको स्वामित्व भाव धारणालाई बुद्ध भगवानले नकार्नु भएको छ।

यस अवधारणा झूठा हो। मनुष्य अथवा प्राणीहरु राम्रा कुशल पुण्य कर्महरुले गर्दा महान व्यक्ति बन्न सक्छन् भने, प्राणीहरु नराम्रा अकुसल पाप कर्महरुले गर्दा दुर्गतिमा पतन हुन पनि सक्छन्। त्यहि आफुले गरेको कुसल पुण्य कर्म हरुको निर्धारित सहयोगी ज्ञानद्वारा निर्वाण लाई प्राप्त गर्न सक्ने हेतु बन्दछ।

प्रकाशित मिति November 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।