सामाजिक सञ्जालमा छाए ज्याकलिन फर्नाडिसका ‘हट’ तस्वीर (फोटो फिचर)

पाेखरा १ मंसिर- बलिउड चर्चित अभिनेत्री ज्याकलिन फर्नाडिस जति धमाल ठूलो पर्दामा निभाउँछिन्, त्यति नै धमाल सामाजिक सञ्जालमा पनि मच्चाउँछिन् । एकपटक फेरि उनका तस्वीरमा फ्यानले माया दर्शाएका छन् । सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गरिदिएका छन् ।

उनले शेयर गरेका यी तस्वीर हेरौँ:

याे पनि पढ्नुहाेस्ः
आजदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने

धनगढी विमानस्थल सञ्चालनमा आइतबार(आज) देखि अवरोध हुने भएको छ । आजदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो ।

विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ । यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने बताए । उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो ।

याे पनि पढ्नुहाेस्ः
बेल्जियमले रुसलाई ४-१ गोल अन्तरले हरायो

ईडेन हजार्ड चम्किएको खेलमा बेल्जियमले युरोकप छनोटमा सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले रुसलाई ४–१ गोल अन्तरले हराएको छ ।

बेल्जियम यसअघिनै युरोकपमा छनोट भईसकेको थियो । बेल्जियमले छनोटको अन्तिम खेलमा साईप्रससंग खेल्नेछ । रुस समेत दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट पक्का गरिसकेको छ । जितसंगै बेल्जियमले युरोकप छनोट अन्तर्गत समूह आईबाट शीर्ष स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्ने भएको छ ।

हजार्ड दाजु भाईले तीन गोल गर्दा बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए । खेलको १९ औ मिनेटमा थोर्गान हजार्डले बेल्जियमलाई अग्रता दिलाए । ३३ औ मिनेटमाम ईडेन हजार्डले अग्रता दोब्बर पारे ।

उनैले ४० औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले अघि बढाए । ७२ औ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई जित नजिक पुर्याएका थिए । ७८ औ मिनेटमा घरेलु टोली रुसका जोर्जिया जकियाले एक सान्त्वना गोल फर्काएका थिए । शीर्ष स्थानको बेल्जियमको ९ खेलबाट २७ अंक रह्यो । दोस्रो स्थानको रुसको २१ अंक रह्यो ।

याे पनि पढ्नुहाेस्ः
सन्दकपुर क्षेत्रमा अनेरास्ववियूले गाड्यो नेपालको झण्डा

भारतले अतिक्रमण गरेको पूर्वी नेपालको सन्दकपुर क्षेत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले आज नेपालको झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका–४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले राष्ट्रिय झण्डा फहराएको हो ।

पर्यटकीय क्षेत्र सन्दकपुरमा गाउँपालिकाले ‘भ्यू टावर’ निर्माण गर्ने क्रममा भारतले सो क्षेत्र अतिक्रमण गरेको थियो । त्यसपछि भारतले भ्यू टावर निर्माणमा अवरोध गर्दै आएको छ ।

अतिक्रमित भूमिमा अनेरास्ववियुले राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बलसँग सामान्य विवाद भएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति November 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।