राजेश हमाल ‘प्रेम गीत ३’ मा नखेल्ने, यस्तो छ नखेल्नुको कारण !

चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन

अभिनेता राजेश हमालले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय नगर्ने भएका छन् । केही समयदेखि हमालले ‘प्रेम गीत ३’ मा अभिनय गर्ने बिषय चर्चामा थियो। हमालले यो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्ने बताइएको थियो । तर, अन्तिम समयमा आएर हमालले फिल्ममा काम नगर्ने बताएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।‘पहिले उहाँले फिल्ममा काम गर्ने इच्छा देखाउनुभएको थियो, पक्का त भएको थिएन, तर आइतवार हामीले अन्तिम छलफल गर्दा समय मिलाउन नसकेको भन्दै फिल्म नखेल्ने बताउनुभयो,’ निर्माता सेनले भने । स्रोतका अनुसार यो फिल्ममा हमालले राजाको भूमिका निभाउने भनिएको थियो । निर्माता सन्तोष सेनले हमालले यो फिल्म छोड्नुमा शायद छोटो भूमिका हुनसक्ने बताए । उनका अनुसार अब उक्त भूमिकाका लागि अब नयाँ कलाकारको खोजीने जानकाी दिए ।

फिल्म क्षेत्रमा नदेखिए पनि हमाल पछिल्लो समय व्यस्त छन् । हालै ‘को बन्छ करोडपति’ मा देखिएका हमालले फिल्ममा भने अभिनय गरिरहेका छैनन् । चलचित्र ‘प्रेम गीत ३’ मा प्रदीप खड्का र मनिष राउतको शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा नयाँ नायिका चयनका लागि अडिसन भइरहेको छ । छायांकनमा जानुपूर्व नै यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २८ मा रिलिज हुने घोषणा गरिएको छ ।

हेराै उनका केहि ताजा तस्बिर ः

प्रकाशित मिति June 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।