सामुद्रिक तटमा सुहानाको मस्ती (फोटो फिचर)

पाेखरा १ मंसिर– सामाजिक संजालमा निकै सक्रिय रहने शाहरुख खानकी छोरी सुहाना खान पछिल्लो समय चर्चामा छिन् । चर्चामा रहनुको कारण उनका सार्वजनिक भएका सामुद्रिक तटका बोल्ड तस्वीहरु नै हुन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । जुन तस्विर उनको फ्यान अकाउन्टबाट सेयर गरिएको छ । तस्विरमा सुहाना पानीको छाल आइरहेको समुन्द्रमा बसेकी छिन् ।

उनका सार्वजनिक तस्वीर यस्ता छन्–

याे पनि पढ्नुहाेस्ः
शरीरको तौल घटाउन मन छ ? अण्डा खानुस् !

शरीरको तौल घटाउन मन छ ? अण्डा खानुस् !

अण्डा स्वास्थ्यवर्धक खानेकुरा हो र यसले मानिसको जिउलाई स्वस्थ राख्न मद्दत पूराउँछ । विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।

अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । विज्ञहरुका अनुसार एउटा अण्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ की त्यसले एउटा कोषलाई चल्लामा बदल्न पुग्छ ।

अण्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्व समेत पाइन्छ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको उपमा समेत दिने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छन् । यस्तो गुणकारी अण्डा खानुका केही प्रमुख फाइदा यस्ता छन्ः

१. मोटोपन घटाउन सहयोग गर्छ- अण्डा खाएमा मोटाइन्छ भन्ने मान्यताका कारण दुब्ला मानिसहरुले मोटाउनकै लागि अण्डा खाने चलन नभएको होइन । तर यथार्थ के हो भने अण्डाले दुब्लालाई मोटाउन भन्दा मोटोपनाबाट पीडित मानिसहरुलाई वजन घटाउन सहयोग पूराउँछ ।

बिहानको ब्रेकफास्टमा अण्डा समावेश गर्नाले दिउसो कम खानकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४ सय क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित भएका मानिसहरुलाई वजन घटाउन सहयोग मिल्छ । अण्डाले जिउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसहरुलाई फाइदै पुग्छ ।

२. आँखाको सुरक्षा- अण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छअण्डामा ल्युटिन तथा जेक्जान्थिन नामक एन्टिअक्सिडेन्ट हुन्छन् । यी तत्वले रतन्धो तथा छिटै दृष्टि कमजोर भएर दृष्टिवीहिन हुने जोखिमलाई दूर गर्छ ।

३. रक्तचाप कम गर्न तथा मुटुरोगबाट बचाउन- उक्त रक्तचापबाट जोगिन समेत अण्डाको सेवन लाभदायी हुन्छ । अण्डामा हुने तत्वले हाइपरटेन्सन घटाउनका लागि नकारात्मक उत्प्रेरकको भूमिका खेल्छ । अण्डामा फाइदाजनक कोलेस्टेरोल अर्थात् हाइ डेन्सिटी लिपोप्रोटिन हुन्छन् । यसले मुटुरोग, हृदयाघात लगायतका रोगको जोखिम कम गर्छ ।

४. चेतना बढाउन- शरीरको प्राकृतिक चेतना अर्थात् रिफ्ल्याक्सेसमा सुधार गर्नका लागि अण्डा सहयोगी हुन्छ र अण्डामा पाइने टाइरोसिन नामक एमिनो एसिडले मस्तिष्क तथा स्नायुको चेतनामा वृद्धि गर्दछ ।

अण्डामा कोलिन नामक तत्व पाइन्छ । यो हामीले खाने अन्य खाद्यपदार्थमा विरलै पाइन्छ । यो तत्वले कोष झिल्ली निर्माणमा सहयोग पूराउँछ र मस्तिष्कसम्म सूचना प्रवाह गर्ने अणुको निर्माणमा समेत भूमिका खेल्छ ।

५. दाना खुवाएका भन्दा चर्ने कुखुराबाट उत्पादित अण्डा उपयुक्त- बनिबनाउ दाना खुवाएर हुर्काइएका कुखुराबाट उत्पादित अण्डा भन्दा आफै स्वतन्त्रपूर्वक चर्न पाएका कुखुराले उत्पादन गरेका अण्डा बढि लाभदायी हुन्छन् । यस्ता अण्डामा उच्च मात्रामा ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यसले रगतमा ट्राइग्लिसेराइडको मात्रा घटाउँछ र मुटुरोगको जोखिम कम गर्छ ।

६. उच्च गुणस्तरीय प्रोटिन- अण्डामा उच्च गुणस्तरीय प्रोटिन पाइन्छ । प्रोटिन मानव सरीरको मुख्य संरचनागत तह हो । सरीरका सबैखाले तन्तु तथा अणु बन्नका लागि प्रोटिनको आवश्यकता पर्छ । त्यसैले स्वस्थ रहनका लागि भोजनमा पर्याप्त प्रोटिन आवश्यक पर्छ ।

अण्डा प्रोटिनको निकै राम्रो श्रोत हो । एउटा अण्डामा ६ ग्रामसम्म प्रोटिन हुन्छ । अण्डामा सबैखाले आवश्यक एमिनो एसिड ठिक्क अनुपातमा पाइन्छ ।विज्ञहरुका अनुसार एक वयस्क व्यक्तिले दिनमा ३ वटासम्म अण्डा खानु उपयुक्त हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
बहुउपयोगी तुलसीको पातबाट निको हुने छन् यस्ता रोगहरु…

औषधीय गुण भएको बहुउपयोगी वनस्पति तुलसी हरेक रोगका लागि उपयोगी मानिन्छ । आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रुपमा लिइएको छ । चिकित्सकका अनुसार समेत तुलसीमा सयौँ रोग निको पार्ने क्षमता हुन्छ ।

यसका पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व छन् । यसले भोक जगाउने, रुची जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडावान्ता पनि रोक्ने कार्य गर्दछ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई सुगन्धले शुद्ध पार्छ भन्ने जनविश्वास छ । तुलसीको अरु औषधिय गुण के के छ त ?

१. जाडो मौसममा हुने रुघाखोकी, निमोनिया, ब्रोक्राइटिस र श्वास प्रश्वासका समस्यामा नियमित तुलसीको पात चपाएर खाएमा लाभदायी हुन्छ । २. तुलसीको पातको चुर्ण बनाई अदुवा र मरिचसँग मिसाएर खाएमा स्वास्थ्यमा धेरै फाइदा पुग्छ ।

३. तुलसीलाई तातो पानीमा मिसाएर पिउँदा टाउको दुखेको, चिसोका कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको समस्याबाट छुटकारा पाइन्छ । ४. धेरै दिशा लागेमा तुलसीको ८/१० वटा पातलाई जाईफल पिनेर खाएमा ठीक हुन्छ ।

५. आउ परेमा १०/१२ तुलसीको पात मिस्रीसँग पिनेर खाने गरेमा ठीक हुन्छ । ६. दिशामा रगत आएमा १/२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठीक हुन्छ ।

७. अल्काई भएमा १०/१२ वटा तुलसीको पात खाएर पानीले निल्ने साथै तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्द्वारको घाऊमा लगाएमा ठीक हुन्छ । ८. घाटी बसेर बोल्नै नसक्ने भएमा १०/१२ वटा तुलसीको पात ४/५ दाना मरिच र मिस्रीको टुक्रासँग चपाएर निल्दा घाटी बसेको ठीक हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
कफी पिउने नेपाली बढे, उत्पादन बर्षेनी घट्दै

लमजुङका रामकुमार तामाङ विगत केही वर्षदेखि कफी खेतीमा लागिपरेका छन् । ५ वर्षअघि १ रोपनी जग्गामा कफी खेती शुरु गरेका उनले पर्याप्त मात्रामा लगानी नहुँदा अहिलेसम्म खेती विस्तार गर्न सकेका छैनन् । सहज तथा शहुलियत ऋणको उपलब्ध हुन नसक्दा किसानले कफी खेती विस्तार गर्न नसकेको तामाङले खबरहबलाई बताए । ‘लमजुङमा कफी उत्पादन राम्रो छ’ उनले भने ‘तर यसका लागि स्थानीय सरकारले ध्यान दिएको छैन।’

उनकाअनुसार कफीको प्रचुर सम्भावाना हुँदाहुँदै लमजुङका धेरै किसानले आर्थिक अभावका कारण व्यवसायिक रुपमा कफी विस्तार गर्न सकेका छैनन् । त्यस्तै ललितपुरका फुर्बा तामाङ पनि विभिन्न समस्याले कफी खेती फस्टाउन नसकेको बताउँछन् । सिचाइँको सुविधाको अभाव, व्यवसाय प्रद्र्धधनका लागि तालिम र अध्ययन भ्रमणको व्यवस्था र उत्पादित कफीको बिक्रीका लागि बजारको व्यवस्था नभएको तामाङले बताए ।

‘त्यतिमात्र होइन आधुनिक मेशिन औजारको पनि अभाव छ’ उनले खबरहबसँग भने ‘गुणस्तरीय औषधीको अभाव छ रोग लागेमा पुरै विरुवा जलाउनुपरिरहेको छ।’

उनकाअनुसार कफीका विरुवामा धेरैजसो ‘सेतो गोवारो’ नामक रोग लाग्ने गर्छ । जसले विरुवाको काण्डलाई प्वाल पार्छ । त्यसलाई न्यूनीकरणका लागि कुनै औषधी नभएकाले पुरै विरुवा जलाएर नष्ट गर्नुपर्ने अवस्था रहेको छ ।

‘कफीका झुप्पा’सँगै फलेको पैसा

नेपालमा ११ लाख हेक्टर क्षेत्रफलमा कफीे उत्पादनको सम्भावना देखिन्छ तर अहिले २ हजार ६ सय ५० हेक्टरमा कफी खेती भइरहेको छ । तर कफी खेतीबारे सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा उत्पादनत्वमा वृद्धि हुन सकेको छैन ।

नेपालमा कफी खेती शुरु भएको लामो समय बितिसक्दा पनि एउटै जातको मात्र कफी लगाएकाले उत्पादनमा वृद्धि हुन नसकेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । अहिले नेपालभर अराबिका वर्णको टिपिका र बर्बन जातका कफी मात्र लगाइएको बोर्डका प्रवक्ता दिपक खनालले खबरहबलाई जानकारी दिए ।

‘कफी खेती फस्टाउन नसक्नुको कारण त्यसप्रतिको ज्ञान पनि हो’ उनले भने ‘कफीका प्राविधिकहरु पनि छैनन् ।’

७७ जिल्लामध्ये हाल ४२ जिल्लामा व्यवसायिक रुपमा कफी खेती भइरहेको छ । एक वर्षमा १६ लाख किलो कफी उत्पादन, धेरै उत्पादन गर्नेमा काभ्रे र अन्य जातका कफी अनुसन्धान गरेर खेती गर्न सके उत्पादकत्वमा वृद्धि हुने उनको भनाई छ ।

उत्पादनको अवस्था

४२ जिल्लामा व्यवसायिक रुपमा कफीको खेती भइरहे पनि यसको उत्साहजनक उत्पादकत्व भने देखिदैंन । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७२/७३ मा ४ सय ३२ मेट्रिक टन, ०७३/७४ मा ४ सय ६६ मेट्रिक टन र ०७४/७५ मा ५ सय मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा ५ सय ३० मेट्रिक टन उत्पादन भएको छ ।

आयत बढ्दो

पछिल्ला समय नेपालीहरुले कफी अत्याधिक मात्रामा पिउन थालेका छन् । घर, कार्यालय, क्यान्टिन, होटल, रेष्टुरा लगायतका स्थानमा कफी पिउनेको जमात देखिन्छ । कफी पिउनेको संख्यामा वृद्धि भएसँगै यसको माग पनि अत्याधिक बढेको छ । नेपालले आफ्नो उत्पादनले धान्न नसकेर विदेशबाट समेत कफी आयत गरिरहेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा मात्र ६५ करोड ४६ लाख १४ हजार रुपैयाँको कफी आयत भएको भन्सार विभागले जनाएको छ । जसमध्ये ५८ करोड ३५ लाख ५६ हजार रुपैयाँको तयारी कफी आयत भएको थियो भने ६ करोड६९ लाख रुपैयाँको कफीको गेडा आयत भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालमा आयत हुने कफी भारत, चीन, बंगलादेश, मलेशिया, नेदरल्याण्ड, डेनमार्क, बेलायत लगायत देशका छन् ।

फस्टाउन सकेन ९० को दशकबाट थालिएको व्यावसायिक कफी खेती

त्यस्तै केही मात्रामा भने निर्यात भएको पनि पाइन्छ । विभागको तथ्याङ्कअनुसार गत वर्ष ९ करोड ९६ लाख ३२ हजार रुपैयाँको कफी निर्यात भएको छ । जसमा ४१ लाख ४६ हजार रुपैयाँको तयारी कफी र ९ करोड ५४ ८५ हजार रुपैयाँको कफीको गेडा निर्यात भएको छ ।

चीन, जापान, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, कोरिया लगायतका देशहरुमा नेपालबाट कफी निर्यात हुने गर्छ । यसरी हेर्दा अन्तराष्ट्रिय बजारमा कफीको माग अत्याधिक रहेको छ । तर त्यो मागलाई धान्न सक्ने उत्पादन भने हुन सकेको छैन ।

फरक जातका कफी लगाउन विज्ञको सुझाव

नेपालमा कफी खेतीको राम्रो सम्भावाना रहेको छ भने अन्तराष्ट्रिय बजारमा पनि यसको माग उत्तिकै छ । लामो समयदेखि थालिएको कफी खेती व्यवसायिक रुपमा विस्ता हुादा पनि उत्पादकत्वमा वृद्धि गराउन नसक्नुमा कृषिविज्ञ कृष्णहरि आचर्य बताउँछन् ।

‘कफी उत्पादनको सम्भावना धेरै छ तर उत्पादन निकै कम छ’ खबरहबसँग कुरा गर्दै आचर्यले भने ‘अहिले अराबिका वर्णका टिपिका र बर्बन जातका कफी मात्र उत्पादन भइरहेको छ जसकारण उत्पादकत्व कम भएको पनि हो अन्य जातका कफी लगाउने हो भने उत्पादन बढ्न सक्छ।’ सरकारले किसानलाई कफी खेतीमा प्रोत्साहन गराउन सकेमा अझ विस्तार हुँदै जाने उनले बताए ।

यस्तो छ कफी खेतीको इतिहास

नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए । यसैक्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गएको पाइन्छ ।

भौगोलिक हावापानी र माटोका हिसाबले नेपालका मध्य पहाडी जिल्लाहरुमा अराबिका कफीको राम्रो सम्भावना देखिएसँगै पूर्वका इलाम, झापा, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुंगा लगायतका जिल्लाहरुमा व्यवसायिक कफी खेतीको सुरुवात भएको देखिन्छ ।

याे पनि पढ्नुहाेस्ः
चिसोमा पनि हुन्छ छाला सुख्खा ? यसरी गर्नुस् हेरचाह

जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ । जाडो मौसमा छालाका लागि उपयुक्त मौसम होइन । त्यसैले जाडोको समयमा छालाको विशेष केयर गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।

हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट बानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।

यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी हर्कोनको समस्या भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

छाला सुख्खा हुने कारण

– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ, धेरै तातोपानीले नुहाउँदा, ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ, सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ,

कसरी गर्ने केयर ?

–जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने, खानपानमा विशेष ध्यान दिने, प्रशस्त पानी पीउने, छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने, धेरै तातो पानीले ननुहाउने, एक बाल्टी मनतातो पानीमा दुइचम्चा नुन राखेर नुहाने । यस्तो गर्दा छाला सुख्खा हुन पाउँदैन, हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने, नुहाएपछि तेल वा मोस्चराइजर लगाउने, छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने,

याे पनि पढ्नुहाेस्ः
जण्डिसको दबाई ‘पानी अमला’ कसरी प्रयोग गर्ने ?

विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।

कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौं । पानी अमलाबारे कतिपयलाई थाहा छैन होला । अमलासँग परिचित भएपनि पानी अमला पनि हुन्छ र ? भन्ने प्रश्न पनि कतिपयलाई उब्जिन सँक्छ ।

पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ ।

यसको प्रयोग

पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ । यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रोगीकालागि पनि लाभदायक मानिन्छ ।

प्रकाशित मिति November 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।