सार्वजनिक कार्यक्रममा हिँड्नै छाडे प्रदिप खड्का, भित्री कुरा यस्तो रहेछ

पाेखरा ३० कात्तिक- नेपाली चकलेटी हिरो प्रदिप खड्का अहिले चलचित्र प्रेम गीत ३ को छायांकनमा ब्यस्त छन् । लभ स्टेशन लगायतका प्रदिपका पछिल्ला फिल्महरुले खासै जादु चलाउन नसकेका बेला प्रदिपले प्रेम गीतमार्फत आँफुलाई प्रमाािण्त् गर्न चाहिरेका बेला उनी कहिले घोडा चढ्ने त कहिले जिममा पसिना बगाउने काममा ब्यस्त छन् ।

उनी आँफै पनि मिडियामा आउन चाहि रहेका छैनन । वीरगञ्जमा भएको स्वर्णिम महोत्सवमा पनि उनले आफ्नो प्रेम गीत ३ को लुक्स बाहिरिने भन्दै टारिदिए । प्रदिपले ‘प्रेमगीत’को लुक्स बाहिर निस्किने बताउँदै सार्वजनिक कार्यक्रममा हिँड्न बन्द गरे पनि प्रदीप आफ्नो अडानमा भने बस्न सकेका छैनन् ।प्रेम गीत ३ मूर्हुत सर्ट नै निर्माण यूनिटले आँफै मिडियालाई उलपब्ध गराएपछि प्रदिपको सार्वजनिक कार्यक्रममा उपस्थित हुन नचाहाने बहानाका बारेमा स्पष्ट बुझ्न सकिन्छ ।

याे पनि पढ्नुहाेस्ः
जाडोमा गुन्द्रुक खानुका यस्ता छन् फाइदै फाइदा

काठमाडौ-गुन्द्रुक स्वादका लागि मात्र नभए स्वाथका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा नियमित पाक्ने तरकारी पनि हो । गुन्द्रुक स्वादमा निकै चोपिलो हुन्छ । विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । यसाको सेवन प्राय जाडो महिनामा प्रयोग हुन्छ । यो नेपाल लगाएत अरु देसका मानिसहरुलाई पनि निकै मन पर्छ । यसको स्ताद अमिलो हुन्छ । यसलाई सागबाट बनाउन सकिन्छ ।

सामान्यतया गुन्द्रुकलाई झोलको रुपमा प्रयोग गर्ने प्रचलन छ । तर, यसलाई अरु पनि स्वादिष्ट परिकारको रुपमा तयार पारि सेवन गर्न सकिन्छ ।तारे होटलमा गुन्द्रुकको झोलमा भटमास राखेर स्वादिस्ट रुपमा तयार पारिन्छ र यसलाई हिमालय सुपको रुपमा प्रयोग गरिन्छ । कागती, टिमुर, नुन, खुर्सानी, भुटेको भटमास, धनीया, भुटेको तोरिको तेल राखि गुन्द्रुकलाई साँधेर पनि खान सकिन्छ । यसरी तयार पारेको परिकारलाई कोदो, फापरको रोटी वा नेवारी मासको बारासँग खादा पनि निकै स्वादिष्ट हुन्छ ।

आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

याे पनि पढ्नुहाेस्ः
यसरी बेलौतीको पात प्रयोग गर्नुस्, १०० % निको हुन्छ कपाल झर्ने समस्या !

धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन् । यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम पाउन सक्दैनन् । आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं ।

यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ । यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो । बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ ।

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोेस् । र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् । यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस् ।

यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो । यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ । मानिसहरु कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन् । तसर्थ यसको प्रयोगले तपाइँको पैसा र समय दुबै बचत हुन्छ । त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आर्कषक बनाउनुहोस् ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

याे पनि पढ्नुहाेस्ः
यस्ता छन् अकबरे खुर्सानी खानुका अचम्मका फाइदाहरु

अकबरे खुर्सानि स्वादका लागि नभइ स्वाथ्यका लागि पनि उतिकै फाइदा जनक छ । यो खुर्सानि तपाई हाम्रो घर गाउमा पनि पाइने खुर्सानि हो । यसलाइ डल्ले खुर्सानी पनि भनिन्छ । खानाको स्वाद बढाउनुका साथै औषधिका रुपमा पनि प्रयोग हुन्छ । यो खुर्सानी खाँदा अरू खुर्सानीको तुलनामा अति नै पिरो र मिठो पनि हुन्छ । यो नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ ।यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ ।हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । भने यसले थकाइ पनि मेटाउछ । यसको नियमित सेवन गर्नाले पिसावको बिरामीलाई समेत लाभदायी हुन्छ । त्यसैले अकबरे खुर्सानि स्वास्थ्यका लागि उपयोगि हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
पुरुषको स्वास्थ्यका लागि अचूक औषधि हो ब्रोकाउली, जान्नुहोस यस्ता छन् अन्य फाइदा

काठमाडौँ । ब्रोकाउलीमा पाईने तत्वले स्तन क्यानसरबाट बचाउन मद्धत गर्छ । खासमा क्यानसर लागेको सुरुवाती अबस्थामा ब्रोकाउली बढी प्रभावकारी मात्रै नभई यसले क्यान्स लाग्नबाट नै बचाउन ठूलो भूमिका खेल्नै हालैको एक अध्ययनले देखाएको छ । ओएसयू कलेज अफ पब्लिक हेल्थ एंड ह्यूमन साइंसेजले गरेको अध्ययन अनुसार यसको सेबनले लामो समय सम्म क्यान्सर रोक्न र कम गर्न सकिने तथ्य बहिर आएको हो ।

ब्रोकाउली र अन्य सल्फोराफेन तत्व पाईने तरकारीहरुले लामो समयसम्म क्यान्स लाग्न बाट बचाउन सक्ने ओएसयू कलेज अफ पब्लिक हेल्थ एंड ह्यूमन साइंसेजका प्रोफेसर एमिलीको दाबी छ । अध्ययनपछि एक प्रतिवेदन सार्वजनिक गर्दै प्रोफेसर एमिलीले भनेका छन् हामी अझै अध्ययनकै क्रममा छौँ र यस बिचमा हामीले थुप्रै प्रमाणहरु पत्ता लगाएका छौँ । यो अध्ययन स्तन क्यानसरले ग्रसीत महिलाहरुमा केन्द्रित राखेर समेत गरिएको एमिलीले बताए । ति महिलाहरुमा सल्फोराफेनको प्रभाव केही समयमा नै देखिएको थियो । जसमा ५४ महिलाहरु सहभागी थिए ।

याे पनि पढ्नुहाेस्ः
घुँडा दुखाइ निको पार्ने घरेलु तरिका, जसको प्रयोगले पीडाबाट मुक्ति पाइन्छ

पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने भाँडोमा राख्नुस् । अब यसमा नरिवलको तेल मिसाएर जारलाई दुई दिनसम्म बन्द गरेर राख्नुस् । दुई दिनपछि यसलाई निकालेपछि पट्टीमा राखेर घुँडामा राम्ररी बाँध्नुस् । अनि रातभरि पीडा भएको ठाउँमा बाँध्नुभयो भने बिहानसम्ममा निको हुन्छ । दिनदिनै यो उपचार गर्दा तपाईंको पीडा केही दिनमै गायब हुन्छ । यस अतिरिक्त घुँडा सुन्नियो भने पनि सुन्निएको ठाउँमा कागती घोट्नुस् । निको हुन्छ ।

याे पनि पढ्नुहाेस्ः
फर्सीको मुन्टा खानुुहोस्, अनेकन रोग निको पार्नुहोस्

तपाईँ साग कतिको खानु हुन्छ ? तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ ? हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग ।

उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको पातको साग वा फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । त्यसैले आज हामी तपाईँलाई फर्सीको पातको साग खानुको फाइदाबारे जानकारी दिन चाहन्छौ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ। यएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

जानौँ फर्सीको पातको नियमित सेवनले हुने फाइदाबारे
बढ्दो उमेरलाई छेक्न- फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्न- अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

आँखा स्वास्थ्यको लागि लाभकारी- फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

प्रजनन क्षमतामा वृद्धि- तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

छालाको लागि फाइदाजनक- फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

मधुमेहलाई गर्छ नियन्त्रण- मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

क्यान्सरबाट जोगाउन- फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ । पाचन प्रणालीलाई स्वस्थ राख्छ- फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

याे पनि पढ्नुहाेस्ः
विदेशी मुद्राको भाउ उकालो लाग्दै, घरमा पैसा पठाउँदा फाइदा

यो हप्ता लगातार विदेशी मुद्राको भाउ बढिरहेको छ । बिहीबार पनि केही कतारी रियाल बाहेक सबै विदेश मुद्राको भाउ बढेको छ । भाउ बढिरहेका बेला विदेशबाट पैसा पठाउँदा फाइदा हुन्छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी खरिददर ११३ रुपैयाँ १२ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको थियो। यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो ।

बिहीबार यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा पुगेको छ। हिजो यसको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा थियो । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ०१ पैसा र बिक्रीदर २७ रुपैयाँ १५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा रहेको थियो । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९१ पैसा छ । हिजो खरिददर ३७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ०६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

प्रकाशित मिति November 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।