बलिउड अभिनेता गोविन्दा नेपाल आउदै…

पाेखरा २८ कात्तिक- बलिउड चर्चित अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा विशेष अतिथिको रुपमा सहभागी हुन नेपाल आउन लागेका चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए ।

उनी गत वर्ष पनि ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । यो वर्ष उनी कार्यक्रम हुनु भन्दा २ दिन अगाडि नै नेपाल आउने कार्यक्रम रहेको छ । किनभने उनी नेपाललाई आफ्नो ससुराली ठान्दछन् ।

उनले एक अन्र्तवातामा बताएका थिए , विश्वमा आफूलाई सबैभन्दा मनपर्ने देश नेपाल हो । त्यसैले गोविन्दा नेपाल आउन आफै तयार भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवमा गोविन्दाले आफ्नो दमादार प्रस्तुती दिनेछन् ।

महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, संगीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरु सहभागी हुने जानकारी दिएको छ । कार्यक्रम ३ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति November 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।