मंसिरमा विवाह गर्दै नायिका ऋचा शर्मा , को हुन् दुलाहा ?

पोखरा १७ कात्तिक- नेपाली चर्चित नायिका ऋचा शर्माले आउँदो मसिंरमा विवाह गर्दैछिन् । उनले केही समय अघि आफूलाई घरबाट विवाहको लागि प्रेशर आइरहेको बताएकी थिइन् ।

ऋचाले आफूलाई पनि दुलही बन्ने चाहना भएको बताएकी थिइन् । यस्तै उनले आफ्ना प्रेमी दिपेक्ष्य चाडै नै सार्वजनिक गर्ने बताएकी छिन् । ऋचाका प्रेमी काठमाडौँमा रहेको लबिम मलका म्यानेजर पनि हुन् ।

ऋचाले विवाहको मिति भने सार्वजनिक गर्न चाहिनन् । उनले विवाह अघि आफ्ना केही नजिकका साथीलाई बोलाएर ब्याचलर पार्टी दिएकी छिन् । उनले पोखरामा दिएको पार्टीमा प्रियंका कार्की, केकी अधिकारी उपस्थित थिए ।

को हुन् दुलाहा भन्ने बारे ऋचाले अहिलेसम्म गोप्य राखेको छ । केही समय अगाडि प्रेम चर्चा चलेपनि यीनै हुन् ऋचालाई पाउने भाग्यमानी युवा भन्ने थाहा पाउन चाहिँ मंसिर सम्म कुर्नु परेेेेको छ ।

प्रकाशित मिति November 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।