कुखराले अण्डा सानो पार्दा कुखुरा मालिक प्रहरी खोरमा

धादिङ ९ कात्तिक- खनियावास गाउँपालिका-२ झार्लाङ, कलङम्रङका सोमबहादुर तामाङलाई प्रहरीले पक्रिएको हो। खोरमा पालिएको कुखुराले सानो अण्डा पार्दा उत्तरी धादिङको एक जना प*क्राउ परेका छन्।

एकले अर्कोलाइ देखाउँदै गर्दा सोमबहादुरको कुखुराको खोरमा भेटिएको अण्डा भाले कुखुराले पारेको अण्डा हो भन्ने हल्ला फैलियो।

गत शनिबार तामाङले पालेको कुखुराको खोरमा निक्कै सानो अण्डा भेटिएको थियो। कुखुराले पारेको अण्डा सानो भएपछि सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाइ देखाउँदै गर्दा सोमबहादुरको कुखुराको खोरमा भेटिएको अण्डा भाले कुखुराले पारेको अण्डा हो भन्ने हल्ला फैलियो।

संगैसंगै उक्त अण्डाको मुल्य १ करोडभन्दा बढी पर्ने दावी हुन थाल्यो। धेरै मुल्य पाउने सुनेपछि सोमबहादुरले अण्डा लुकाए। अण्डा लुकाएको पर्सिपल्ट अण्डा नै गायव भएपछि उत्पन्न परिस्थितिले सोमबहादुरलाई प्रहरी खोरमा पुर्‍याएको छ।

यसरी पुगे सोमबहादुर प्रहरी हिरासतमा- सोमबहादुरले छिमेकीलाई आफ्नो कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो अण्डा बहुमुल्य हुने कुरा सुने। गाउँमा १ करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने कुरा सुनेपछि सोमबहादुरले अण्डाको फोटो खिचे र घरभित्र रहेको अन्नको भकारीमा अण्डा लुकाए।

सदरमुकाममा रहेका आफन्तहरुकोमा भालेले पारेको अण्डा आफुसंग रहेको र ग्राहक खोजीदिन खबर पठाए। दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। राखेको ठाउँबाट अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा) लाई हेराए। लामा झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले अण्डा चोरेर चितवन पठाइदिएको खबर दिए।

यता झाँक्रीले अण्डा चोरेको आरोप लगाएको रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच अण्डा चोरीको केशमा सदरमुकामको एक होटलमा झगडा भयो। उक्त झगडापछि मात्रै ‘भालेको अण्डा काण्ड’मा प्रहरीको प्रवेश भयो।

झगडा भएपछि चोरीको आरोप लागेका व्यक्तिले आफ्नो मानहानी भएको र अपमान गरिएको भन्दै लामा झाँक्री र सोमबहादुर विरुद्ध उजुरी दिएपछि प्रहरीले दुवैजनालाई प्रक्राउ गरेर हिरासतमा राखेको छ। गजबहादुर लामा तिनै झाँक्री हुन् जसले जण्डिसको उपचार गर्दा बिरामीको पेटमा प्वाल पारिदिएका थिए।

उनले भने, ‘मेरो घरको कुखुराले सानो अण्डा पारेको साँचो हो, तर यो अण्डाको विषयमा कोही कसैसंग केही कुरा भएकै छैन। मैले लामालाई पनि आफ्नो परिवारको आखत मात्रै देखाएको हुँ, अण्डाको बारेमा केही कुरा भएकै छैन।’

प्रहरी हिरासतमा रहेका सोमबहादुरले भने आफुलाई प्रहरीले किन र के कारण हिरासतमा लिएको भन्ने बारेमा थाहा नभएको बताएका छन्। उनले भने, ‘मेरो घरको कुखुराले सानो अण्डा पारेको साँचो हो, तर यो अण्डाको विषयमा कोही कसैसंग केही कुरा भएकै छैन। मैले लामालाई पनि आफ्नो परिवारको आखत मात्रै देखाएको हुँ, अण्डाको बारेमा केही कुरा भएकै छैन।’

उनले भने, ‘सोमबहादुर म भएको ठाउँमा आउनुभएको हो, उहाँको परिवारको बारेमा आखत हेरेको हो, मैले कसैलाई दोष लगाएको छैन।’

प्रहरी हिरासतमै रहेका लामा झाँक्री गजबहादुर लामाले पनि आफूले कसैलाई पनि अण्डा चोर दोष नलगाएको दावी गरेका छन्। उनले भने, ‘सोमबहादुर म भएको ठाउँमा आउनुभएको हो, उहाँको परिवारको बारेमा आखत हेरेको हो, मैले कसैलाई दोष लगाएको छैन।’

प्रहरी हिरासतमा रहेका उनीहरु दुवैलाई जिल्ला अदालत धादिङमा पेश गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए। उनले भने, ‘गाउँमा अनावश्यक हल्ला फैलाइ गाउँ समाजमा अशान्त बनाउने, अण्डा किन्ने र बेच्ने बहानामा गाउँलेहरूबीच झगडा उत्पन्न गराएको आरोपमा नियन्त्रणमा लिएका हौँ।’

बैदवारका अनुसार सोमबहादुर र लामा झाँक्री दुवैलाई अभद्र व्यवहार अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति October 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।