राति यति बजेपछि देउसीभैलोमा रोक

पोखरा ९ कार्तिक— सरकारले राति १० बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरूले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीभैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसीभैलोलगायतका सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।

प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीभैलो तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्व मर्यादित र व्यवस्थित रूपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए । स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्‍याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति October 26, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।