यी ४ किसिमका सपना बिहान हुञ्जेलसम्म बिर्सदैनन्

पाेखरा ७ कात्तिक- विद्यालयका शिक्षक र पठनक्रियाः निकै कम विद्यालय जाने अनुभव भएका व्यक्तिहरुले सपनामा विद्यालय, विद्यालयका शिक्षक र पठनपाठन अथवा विद्यालयको भवन वरिपरिको वातावरण सपनामा देख्ने गरेका छन्। वास्तवमा यो सपना त मानिसले कैयौँ वर्षसम्म स्मरणमा राखिरहेको पाइएको छ।

कसैको आक्रमण, कसैले दिएको दुःख आदिः डरलाग्दा सपना प्रायः बालबालिकाले देख्ने गर्छन्। यस्ता डरलाग्दा सपना उनीहरुले जीवनभर बिर्सदैनन्। अग्लो ठाउँबाट तल झर्ने सपना मानिसले बारम्बार देख्ने गर्छन्। हावामा उड्ने तुलनामा यो निकै बढी हुन्छ।

तल झर्नेबित्तिकै झस्याङ्ग हुने र कोही त निद्राबाटै ब्युँझने पनि गर्छन्। अध्ययनअनुसार सपनामा कसैसित यौन सम्बन्ध राखेको खण्डमा बिहान चाँडै बिर्सिइन्न। विशेषगरी यौन सम्बन्ध राखेको सपना पुरुषले बढी देख्ने गर्छन् र महिलाले निकै कम। अध्ययनमा सामेल भएका ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले यस किसिमको सपना देख्ने गरेको स्वीकारेका थिए।

प्रकाशित मिति October 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।