जादु देखाउन हात खुट्टा बाँधेर नदीमा डुब्दा, यसरी भयो जादुगरको मृत्यु

उनले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए।

भारतको पश्चिम बंगालमा कोलकातास्थित हावडा ब्रिज नजिकैको गंगा नदीमा डुब्दा एक जादुगरको मृत्यु भएको छ । आइतबार उनले जादु देखाउनका लागि फलामको चेनले हात खुट्टा बाँधेर नदीमा डुबेका थिए । निकै बेरसम्म पनि जादुगर बाहिर ननस्किएपछि दर्शकहरुले पुलिसलाई जानकारी दिए । पुलिसका अनुसार मृतकको नाम ४१ वर्षका चञ्चल लाहिरीको रुपमा भएको छ । विपद व्यवस्थापन विभागले गंगामा शवको खोजी गरिरहेको छ । जादुगर चञ्चल क्रेनको मद्दतले नदीमा डुबेका थिए । उनी नदी भित्र बाँधिएको हात खुट्टा खोलेर पानी बाहिर निस्किएको देखाउन चाहन्थे । यद्यपि, यस्तो हुन सकेन दर्शकको रुपमा उभिएका सैयद वकार रजाले बताए ।

पुलिसका अनुसार जादुगर चञ्चल पश्चिम बंगालको सोनारपुर शहरमा बस्दथे । उनले यसअघि पनि यस्तो जादु दुईपटक देखाइसकेका थिए । सनु २०१३ मा पनि जादु देखाउने बेला उनी बालबाल बचेका थिए । पुलिस स्रोतका अनुसार चञ्चलले गंगामा जादु देखाउनका लागि पुलिस प्रशासनसँग अनुमती लिएका थिए । यति हुँदा हुँदै पनि त्यहाँ सुरक्षाको कुनै प्रबन्ध नमिलाएको भारतीय संचार माध्यमले बताएका छन् । चञ्चलले दुई पटक यस्तो जादु देखाइसकेका थिएः

प्रकाशित मिति June 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।