हिमालको काखमा फेला परेकी पाँच बर्षीकी गफाडी बैनी ! (भिडियाे)

पाेखरा ७ कात्तिक- कविना तिमिल्सिनाको घर ललितपुरको बागमती गाउँपालिकामा पर्छ । बागमती गाउँपालिका वडा नम्वर ३ मा उनिहरुको घर छ । उनको घरमा हजुरआमा, बुबा, ममी र तीन दिदिहरु छन् । घरकी सबैभन्दा कान्छी कविना हुन् । उनलाई सबैले माया गर्छन् ।

उनको घरबाट बडो मज्जाको दृश्य देखिन्छ । उनि नजिकैको बिद्यालयमा भर्खर बिद्यालय जान थालेकी छन् । भर्खर बिद्यालय जान थालेकी पाँच बर्षकी कविना चलाख भने निकै छन् । उनी दिदिहरु उठ्छिन् । जाननजानी पनि दिदि ममी र बुबासँग मिलेर गोठधन्दा गर्न खोज्छिन् ।

उनलाई बिहानै उठेर बाख्राका साना पाठाहरुलाई किलोमा बाध्न निकै मजा लाग्छ । अनि गाई, भैंसीलाई घाँस पराल गर्दा पनि उनि निकै उत्साहित हुन्छिन् । कविनाको स्थानीय सहकारीमा बचत खाता पनि छ । चाडपर्व, पुजापाठमा पाएको पैसा उनले बचख गर्ने गरेकी छन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 24, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।