विवादित गीत युट्युबबाट हटाएसँगै छुटे गायक दुर्गेश थापा

पाेखार ५ कात्तिक- विवादित गीत युट्युबबाट हटाएसँगै प्रहरीले गायक दुर्गेश थापालाई छाडेको छ। तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार प*क्राउ परेका थिए ।

दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्रा*उ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल कुमार थापाले रातोपाटीलाई जानकारी दिए । दुर्गेशलाई बालाजुबाट प*क्राउ गरेर महाशाखामा लगिएको थियो । दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीको भनाइ छ ।

सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उ*जुरी परेसँगै प्रहरीले उनको खोजी गरिरहेको थियो । सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

प्रकाशित मिति October 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।