आयुष्मान स्टारर “बाला”को गीतलाई चोरीको आ*रोप

पाेखरा ५ कात्तिक- बलिउड सफल नायक आयुष्मान खुराना स्टारर फिल्म ‘बाला’ मा समावेश १ गीतलाई चोरीको आरोप लागेको छ । फिल्मको ‘डन्ट बी साइ’ बोलको गीतले रिलिज लगत्तै चोरीको आरोप खेप्नुपरेको हो । सार्वजनिक भएसँगै चर्चामा आएको उक्त गीतलाई पञ्जाबी गायक डिआर ज्युसले गीत चोरीको आरोप लगाएको हुन् ।

उनका अनुसार उक्त गीत सन् २०१३ मा रिलिज भएको आफ्नो सुपरहिट गीतको कपी हो । ‘बाला’ को गीतमा सचिन जिगरको रचना रहेको छ । डिआर ज्युसले ‘बाला’ का मेकर्सलाई खुला रुपमा चेतावनी दिएका छन् । तर यसबारेमा निर्माण टिमले भने कुनै प्रतिक्रिया दिएको छैन । ‘बाला’ को उक्त गीतलाई दश लाखभन्दा बढी पटक हेरिएको छ भने दर्शकले आआफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति October 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।