१ वर्षको कोठा भाडा बोकेर पुगे अर्चनाको डेरामा, छोरी सम्झेर भाबुक भए सहयोगीहरु (भिडियो)

बसन्तपुर ५ कात्तिक- अबोध कलिली बालिकाले कमाएर घरपरिवार पाल्छिन् भन्दा आश्चर्य लाग्न सक्छ । तर बास्तबमै ९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै र आफु पनि पढ्दैछिन् । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन् अर्चना पराजुली ।

उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि एकदम मेहनेती छिन् । उनि कक्षाको तेस्रो छात्र हुन् ।

बाबा मिर्गौला रोगकै कारण केही महिना अघी बि*ते र आमा पनि मुटु र मिर्गौलाकै बि*रामी छिन् । आमालाई मुटु र मृगौलाको समस्या भएकै कारण आमा काम गर्न नसक्ने भएका कारण उनि उपचार खर्च जुटाउन पानी बेच्न थालेकी हुन् । उनकी दिदि पनि छिन् । दिदिले भने आमाको हेरचाह गर्छिन् ।

गरिब भएकै कारण आफुहरुलाई साथीहरुले पनि हेप्ने गरेको उनि बताउछिन । हामीले पहिलो भिडियो युट्युबमा हालेपछी केहि रकम जम्मा भएका थिए आज हामीले तेही रकम दिन जादा परिवारको सबै जना खुशी भएका थिए ।

अहिले अर्चनाको परिवारलाई सहयोग गर्नेको लर्को नै लागेको छ । धेरैले उनीहरुलाई सहयोग गरि रहेको छ । उनीहरुलाई १ बर्षसम्मको कोठा भाडा समेत अमेरिका बस्ने सोनाम थुन्दुप शेर्पाले सहयोग गरेको छ । त्यसैगरि ललितपुर निवासी अनिल भण्डारीले चामल सहितको थुप्रै समानहरु सहयोग गरेको छ ।

यति धेरै सहयोग पाउदा अर्चनाको परिवारमा केहि भए पनि खुशियाली छाएको हामीले महशुस गरेका छौ । तपाई हरु पनि हामी मार्फत सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्नु होला र तपाई सिधै अर्चनाको आमालाई पनि सम्पर्क गर्न सक्नु हुनेछ उहालाई
९८६५५४३२२० मा सम्पर्क गर्नु होला ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।