चितवनमा सवारी दुर्घटनामा परि ३३ जनाको नि*धन !

चितवन ५ कात्तिक- चितवन जिल्लामा सवारी दु*र्घटनामा परी ३३ को नि*धन भएको छ । साउनयता भएका सो समयमा ८१ दुर्घ*टना भएका थिए । दुर्घट*नामा परी १८० घा*इते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दु*र्घटना भएका छन् । ती दु*र्घटनामा परी १० को नि*धन भएको छ भने ३४ घा*इते भएका छन् ।

पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८÷१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घ*टना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दु*र्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गु*माएका थिए भने २३१ घा*इते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दु*र्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मा’दक प’दार्थ से’वन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दु*र्घटना हुने गरेको उहाँको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उहाँको भनाइ छ ।

प्रकाशित मिति October 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।