“सक्किगोनी” बिरुद्ध उ*जुरी पर्दा पाँडे आक्रोशित,भन्छन के हामी नोकर हौं? (भिडियो)

पाेखरा ४ कात्तिक- नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरु*द्ध मिडिया हबले प्रहरीमा उ*जुरी गरेको छ । मिडिया हबले प्रहरीमा ‘सक्किगोनी’विरु*द्ध कपिराइटको उ*जुरी दिएको हो । महानगरीय प्रहरी परिसर टेकुले यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ ।

‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उ*जुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ’, घिमिरेले भने ।मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उ*जुरी गरेको बताए ।

उनले भने, ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’

उनले उ*जुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए । ‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने । यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् ।

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।