राजापुर ४ कात्तिक- भन्छन् कि म बाँच्न चाहन्छु । दुवै मृगौला फेल भएर पीडित बनेका शेखर काफ्लेले भावुक हुँदै भने, मलाई बचाइदिनुस् , मेरो बुवाआमाको भविष्यको सहारा म मात्र हु म बाचेर मेरा बुवा आमाको सपना साकार गर्ने छु र मेरा बुवा आमालाई पाल्ने छु !
६ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ ।
बर्दिया जिल्ला राजापुर नगरपालिका ८ फत्तेपुर बस्दै आएका शेखर काफ्लेको करिव एक महिना अघि दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाचिरहेका छन् । १६ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ ।
जीबन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ । काठमाण्डौको ग्रेण्डि इंटरनेशनल हस्पिटलमा उपचारको क्रममा पैसा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाइरहेको छ । नयाँ जीवनको आशामा बाचिरहेका पिडित शेखर काफ्लेले सहयोगको लागी सबै सामु अपिल गरेका छन् ।
हेर्नुहाेस् भिडियाेः
प्रकाशित मिति October 21, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।