दुर्गेश थापाको गीत ‘ह्याप्पी तिहार’ विवादमा तानिएपछि दुर्गेशलाई खोज्दै प्रहरी

पाेखरा ४ कात्तिक– नेपाली चर्चित गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् । तिहारको बेला बियर खाने प्रचार गरेका कारण र ‘ए निकाल गाँ*जा, खानुपर्छ आज’ भन्ने अंश कानुन सम्मत नभएकाले विवादमा आएका हुन् ।

कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उ*जुरी परेको बताइएको छ ।

तिहारको गीतमा दुर्गेशले गाएका छन् – डन आयो डन, जा मूला भन्,राजा हो राजा,बजाइदिन्छ बाजा,ए निकाल गाँजा, खानुपर्छ आज १

उ*जुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ । उ*जुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कार*वाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।