पारससंग नाम जोडिएर बिबादित भएपछी अब सुध्रिने भन्दै सोनिका (भिडियो)

कतिले पारसलाई गालि गर्दै भनेका थिए “हीमानी जस्ती श्रीमती हुदा हुदै अन्य केटिसंग लाग्ने” भनेर त कतिले सोनिकालाई गालि गरेका थिए “पारसको घर बिगारिन” भनेर ।

ईटहरी ४ कात्तिक- नेपालमा अहिले निकै चर्चा कमाएकी सोनिका रोकाया सबै माझ परिचित नाम नै हो । हालसालै समाजिक सञ्जालमा पुर्व यूवराज पारस शाह संगको टिकटक र उसगको भिडियोको कारण समाजिक सञ्जाल तातेको थियो । कतिले पारसलाई गालि गर्दै भनेका थिए “हीमानी जस्ती श्रीमती हुदा हुदै अन्य केटिसंग लाग्ने” भनेर त कतिले सोनिकालाई गालि गरेका थिए “पारसको घर बिगारिन” भनेर ।

हुन त सोनिका युट्युबमा डबलअर्थि अन्तरबार्ता लिएर फेमस भएकी थिईन् भने उनको हर्कतलाई धेरैले रुचाएका पनि छैनन् । उनलाई यस्ताखाले कुरामा कसैले गालि गर्दा सोनीकालाई प्रोत्साहन गरे बराबर हुन्थ्यो । तर पछिल्लो समय बिबादको भुमरीमा नमज्जैले फसेपछि कार्तिक १ गते आफ्नो युट्युब च्यानल “द सोनीका सो”मा एक भिडियो सार्वजनिक गर्दै उनले अब सुध्रेको बताएकी छन् । उक्त भिडियोको अनुसार उनि पहिलो पटक दशैं मनाउन आफ्नो गाउँ गएको बताएकी छन् ।

बिदेशमा भएका युवालाई नेपालमै केहि गर्नुपर्छ भन्दै उनले आफ्नो गाउँमा भएका युवाले गरेको कामलाई पनि भिडियोमा देखाउन खोजेकि छन् । सोनीकाको बास्तबीक नाम पुजा रोकाया हो, सो कुरालाई पनि भिडियोमा बताउदै अब सोनीका पुजा बन्न कोसिष गर्ने भनेकी छन् । उनको जन्म स्थल बजाङ हो । उनको बाल्यकाल बजाङमा नै बित्यो ।

पछि उनी काठमाण्डै आईन र उनले त्यस्ता डबलअर्थि दिने भिडियो तथा अंतराबार्ताहरु बनाउन थालीन् । तर अब भने सुध्रिने र देश संगै आफ्नो ठाउँको लागि केहि गर्ने बताएकी छिन् । उनको यो कुरा प्रसंशायोग्य छ । तर उनले यो भिडियोमा बोलेका कुराहरु आगामी दिनमा लागु नगरी भिडियोमा मात्रै सिमित रह्यो भने उनि प्रति अझै नकारात्मकता फैलिन्छ भन्नेमा दुई मत छैन ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।