२५ हजारमा रक्सीका लागि छोरालाई नै बेच्ने बाबु

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । १ बाबुले रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचेका छन् ।

निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

याे घटना भारतको हो । ओडिसास्थित भद्रक सहरका एक जनाले आफ्नो एक वर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् ।निःसन्तान दम्पतिलाई २५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरिद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे । याे घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गरेको थियो । प्रहरीले ती बच्चाको सकुशल उद्दार गरेर आमालाई दिएका थिए ।

दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

अदालतको आदेशमा बच्चा बेच्ने बाबु र उनका छिमेकीलाई जेल पठाइएको छ । बच्चा खरिद गर्नेले केही वर्ष पछि सडक दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए ।उनले बच्चा खोजिदिनका लागि दलाल समेत लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले दलाललाई ४५ हजार भारु दिएको जनाएका छन् । तर दलाले २५ हजारमा बच्चा खरिद गरी २० आफै राखेको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।