क्यान्सर पीडित भन्छन्ः ‘खुट्टा काट्न पाए बाँच्थें’ ‘खुट्टा काट्न पाए बाँच्थें’

मकवानपुर ४ कात्तिक- गरिबी र अभावसँगै हड्डीको क्यान्सरले थलिएपछि मकवानपुरको कैलाश गाउँपालिका–१ का १७ वर्षीय विक्रम योञ्जन मृ.त्युशड्ढयामा छन्। वीरगन्ज र काठमाडौंमा सामान्य उपचारपछि आर्थिक अभावमा घर फर्किएका उनी बाँच्न चाहन्छन्। तर, उपचारका लागि खर्च अभाव भएपछि योञ्जनलाई अभिभावकले घर ल्याएका छन्। ओछ्यानबाट टुलुटुलु आमाबुबालाई हेर्नेबाहेक उनी केही गर्न सक्दैनन्।

एक वर्षदेखि थलिएका उनको अनुहारमा अझै बाँच्ने इच्छा झल्किन्छ। आफन्तसँग आँसु झार्छन् र सहयोग गर्न अपिल गर्छन्। आर्थिक अभावका कारण कक्षा ४ देखि पढाइ छाडेर उनी ज्याला–मजदुरी गर्दै आएका थिए। ज्याला–मजदुरी गरेरै गाउँमा नयाँ घर बनाउने अठोट गरेका उनी काम गर्न नसक्ने भए। केही वर्षदेखि शरीर कमजोर हुँदै गएपछि उनी १० महिनाअघि उपचारका लागि काठमाडौं गएका थिए। वीर अस्पतालले हड्डीको क्यान्सर भएको जानकारी दिएपछि उनी आकाशबाट खसेजस्तै भए।

योञ्जनका परिवारले भएको जायजेथा बेचेर करिब ५ लाख रुपैयाँ खर्च गरे। तर, उपचार सम्भव भएन। ‘५ महिना वीर अस्पताल र वीरगन्जको क्यान्सर अस्पतालमा उपचार गराएपछि घरबारी र भएको पैसा पनि सकियो’, उनका बुबा हर्कबहादुर योञ्जनले भने, ‘उपचार गर्ने पैसा नभएपछि वैशाखदेखि घरमै ल्याएर राखेको छु।’

हर्कबहादुर आफ्नो छोरालाई मृत्युशड्ढयामा छटपटाएको देख्न सक्दैनन्। उनलाई कतिखेर छोरालाई लिएर उपचारका लागि अस्पताल पुगौं भन्ने लाग्छ। तर, घरबारी र आफूसँग भएको गाईबाख्रासमेत बेचेर उपचार खर्च गरिसकेका हर्कबहादुरसँग कुनै विकल्प छैन। ‘अहिलेसम्म ६ लाख खर्च भयो, ३ लाखजति ऋण छ’, उनले भने, ‘अब माग्ने ठाउँ पनि छैन, उपचारमा अझै लाखौं रुपैयाँ लाग्छ भनेको छ डाक्टरले।’

उनले भने, ‘उपचार खर्च सहयोग गरिदिनस् म बाँचेर तिर्नेछु।’ विक्रमका बुबा हर्कबहादुर गाउँका साहु महाजनकहाँ नपुगेको ठाउँ छैन। ‘तर कसैले पनि ऋण दिएनन्, छोराको खुट्टा मात्रै काटिदिनुपाए पनि बाँच्ने थियो’।

विक्रमलाई अझै बाँच्ने रहर छ तर परिस्थितिले उनलाई मृत्यु कुर्न विवश बनाएको छ। ‘बरु कसैले मारिदिएको भए हुन्थ्यो, आफ्नो असहज मरण आफैंले हेर्नु साह्रै पीडादायी हुनेरहेछ’, उनले भने, ‘उपचार खर्च सहयोग गरिदिनस् म बाँचेर तिर्नेछु।’ विक्रमका बुबा हर्कबहादुर गाउँका साहु महाजनकहाँ नपुगेको ठाउँ छैन। ‘तर कसैले पनि ऋण दिएनन्, छोराको खुट्टा मात्रै काटिदिनुपाए पनि बाँच्ने थियो’।

प्रकाशित मिति October 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।