कुटीमा बस्ने अघोर बाबाको जीवनशैलीमा आमूल परिवर्तन (भिडियो)

पोखरा ३ कात्तिक- बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

उनको बाल्यकाल देखि युवावस्थाको बारेमा युट्युब च्यानलको विभिन्न अन्तर्वार्तमा बताउदै आएपनि उनको युवावस्थाको भिडियो भने देख्न पाइएको थिएन । अहिले आएर उनै भाइरल अघोर बाबाको युवावस्थाको भिडियो बाहिरिएको छ । उनले एक कार्यक्रमको बीच नाच्दै अंग्रेजी गित गाएका छन ।

बाबा यति सम्म भाइरल बनेकी उनलाई विभिन्न अफरहरु आउन थालेको छ । बिज्ञापनमा अभिनय देखि टेलिसिरियल सम्म खेल्न भ्याइसकेका बाबालाई विभिन्न ठाउमा हुने कार्यक्रमहरुमा निम्तो पनि आउन थालेको छ । यसै बीच अघोर बाबाले पोखरामा आफ्नो पहिलो प्रस्तुती राखेका छन ।

पोखराको पृथिबीचोकमा खुलेको कुन्ती मलको उद्घाटन कार्यकममा उनलाई आफ्नो प्रस्तुति राख्नका लागी बोलाइएको थियो । उनले आफ्नो प्रस्तुतिमा आफ्ना चर्चित बनेका डाइलग सहित नाच र सांगीतिक प्रस्तुति राखेका थिए ।

करिब १५० वोटा ब्यबसाहिक सटरहरु रहेको मलको उदघाटन कार्यक्रम अन्तर्गत असोज १२ र १३ गते बिशेस सांगीतिक कार्यकमहरु आयोजणा भएको थियो । लुम्बिनी, पोखरा पछी अघोर बाबा चितवन तिर लागेका छन । त्यहा आयोजित एक कार्यक्रममा अघोर बाबाले आफ्नो गित मै प्रस्तुति दिएका छन ।

हेर्नुहोस अघोरीबाबाको रमाइलो भिडियाेः

प्रकाशित मिति October 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।