विमान चढ्न लाग्दा लगेजको तौल २ किलो बढी भएपछि यी महिलाले लगाइन् यस्तो जुक्ति

पाेखरा ३ कात्तिक- फिलिपिन्सकी एक महिला विमान चढ्न चढ्ने बेला उनको लगेजको तौल जाँच गर्दा निर्धारित न्यूनतम तौलभन्दा २ किलो बढी पाइएपछि तौल मेन्टेन गर्नलाई गज्जबको आइडिया लगाएकी छन् ।

उनको लगेजको तौल बढी भएपछि अतिरिक्त शुल्क तिर्नको सट्टा बढी भएका कपडाजति आफैंले लगाइन् । यसरी कपडा लगाउदै गरेको उनको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले उनको आइडियाको तारिफ पनि गरिरहेका छन् ।

गेल रोड्रिग्वेज नामकी यी महिला केही दिनअघि मनिला विमानस्थलबाट विमान चढ्न लागेकी थिइन् । यहाँ उनको लगेजको तौल बढी भएपछि अतिरिक्त शुल्क तिर्नक सट्टा बढी भएका कपडाजति आफैंले लगाइन् । यसरी कपडा लगाउदै गरेको उनको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ । केहीले उनको आइडियाको तारिफ पनि गरिरहेका छन् ।

गेलका अनुसार चेक इनका क्रममा उनको लगेजको तौल ९ किलो थियो । विमानमा ७ किलोसम्म तौलको लगेज निःशुल्क लैजान पाइन्थ्यो, त्योभन्दा बढी भए अतिरिक्त शुल्क तिर्नुपर्थ्यो ।

अतिरिक्त शुल्क तिर्नुपर्ने भएपछि उनले ब्यागबाट कपडा निकालेर एउटामाथि अर्को कपडा लगाउन थालिन् । आफ्नो सामानको तौल २ किलो मात्र बढी भएकोले उनले अतिरिक्त शुल्क तिर्न नचाहेको बताइन् । गेलका अनुसार उनले ब्याग खोलेर टि शर्ट, पाइन्ट र ज्याकेटहरु निकालेर लगाइन् । तीमध्ये केही कपडा चिसै थिए ।

त्यसपछि जब उनको लगेजको फेरि तौल जाँच गरियो त्यसको तौल साढे ६ किलो मात्र पाइयो ।

गेलका अनुसार अब भने उनी फेरि यस्तो कहिल्यै गर्ने छैनन् । किनकि यति धेरै कपडा लगाएपछि उनलाई भयानक गर्मी भएको थियो । यद्यपि महिलाले आफू कहाँबाट कहाँ गएको र कुल एयरलाइन्समा यात्रा गरेको भन्ने कुरा भने खुलाइनन् । उनले त्यस दिन विमानस्थलमा लगाएर थुप्रै कपडाको साथमा फोटो फेसबुकमा शेयर गरेपछि यो कुरा सार्वजनिक भएको थियो ।

प्रकाशित मिति October 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।