आमाको पेटबाट थैलीसहित बच्चा बाहिर आएपछि…

पोखरा २ कात्तिक- ब्राजिलमा बच्चाको जन्म हुँदा देखिएको दुलर्भ घटनाको भिडियो सार्वजनिक भएको छ। यो चिकित्सकका अनुसार यस्तो घटना १ लाख केसमा १ जनालाई हुने रहेछ ।

भिडियोमा पानीको फोकासहित बच्चा आमाको पेटबाट बाहिर निस्किएको देखिएको छ ।

यो चिकित्सकका अनुसार यस्तो घटना एक लाख केसमा १ जनालाई हुने गर्दछ। यो प्रक्रियालाई इन काउल बर्थ भन्ने गरिन्छ। जसमा बच्चा पानीको थैलीसहित आमाको पेटभित्र हुने गर्दछ।

बच्चा थैलीसहित बाहिर निस्किएपछि त्यहाँका चिकित्सकले बच्चालाई सकुसल थैलीबाट बाहिर निकालेका थिए।

बच्चा जन्मिने क्रममा प्रायः यो थैली आफै फुट्ने गर्दछ। तर ब्राजिलमा भने एक बच्चाको जन्म हुँदा त्यस्तो भएन्। बच्चा उक्त पानीको थैलीसहित बाहिर निस्कियो । बच्चा थैलीसहित बाहिर निस्किएपछि त्यहाँका चिकित्सकले बच्चालाई सकुसल थैलीबाट बाहिर निकालेका थिए। हाल बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

प्रकाशित मिति October 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।