निशाले छोरालाई स्त*नपान गराएको तस्बिर भाइरल

पोखरा २ कात्तिक- नेपाली चर्चित नायिका निशा अधिकारीले इन्स्टाग्राममा स्त*नपानको तस्बिर सार्वजनिक गरेकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई दुध खुवाएको तस्बिर सार्वजनिक गरेकि हुन् ।

उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु आएको थियो । उनले फोटो प्रदर्शन गर्नुको कारण जनचेतना फैलाउनु रहेको बुझिएको थियो । हाल अमेरिकामा रहेकि निशाले महिलाहरुमा जनचेतना फैलाउनकालागि समाजिक संजालबाटै अभियान चलाएकि छिन्।

अन्य मुलुकको तुलनामा नेपालमा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या सन्तोषजनक भएपनि पर्याप्त छैन । स्तनपानका तस्बिरहरु चर्चित व्यक्तित्वले सार्वजनिक गरेसँगै समाजमा एकखालको सकारात्मक संदेश जाने देखिन्छ ।

प्रकाशित मिति October 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।