“लभ यु हमेशा”को ट्रेलर सार्वजनिक (भिडियो)

पोखरा २ कात्तिक- त्रिकोणात्मक प्रेमकथानक फिल्म “लभ यु हमेशा” को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई फिर्चड गरिएको छ ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल , पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म युनिटले फिल्मको टिजर र गीत सार्वजनिक गरिसकेका छन् । कार्तिक २२ गतेबाट अल नेपाल प्रर्दशनमा आउने यो कार्तिक १५ (नोभेम्बर १ )मा भारतमा प्रदर्शन हुनेछ ।

भाष्कर प्रधानको निर्देशन रहेको फिल्ममा निर्देशक भास्करको नै कथा रहेको छ । मप्रदर्शन मिति नजिकीदै गर्दा ‘लभ यु हमेशा’ ले दर्शकमुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्समा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप,पेन तथा डायरी प्रदान गरिरहेका छन् ।

फिल्म युनिटले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ

दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्ण हलबाट सुरु गरिएको हो । फिल्मका प्रमुख अभिनेता यशराज गरच,अभिनेत्री फिजा योन्जन,ऋचा थापा तथा हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् ।

फिल्म युनिटले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शनभन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभी लाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 19, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।