उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको !

काठमाडाैँ १ कात्तिक- नेपाली जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भया.नक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन । शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । छातीभित्रको दर्द छताछुल्ल बनाएर कसैसँग हात पसार्न नचाहने स्वाभिमानी गायक शर्मा आफूले बोल्दै नबोलेका कुरा प्रचार गरेर युट्युबरहरुले भ्रम फैलाएको गुनासो पोख्छन् ।

आफ्नो दुःख मिडियामा ल्याउन विल्कुलै नचाहेको बताइरहेका शर्मालाई हामीले अलि बढी नै कर गरेपछि बल्ल उनी कुराकानी गर्न तयार भए । जनवादी गायक शर्मा ७ दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा छन् । उनी हतार र हता.स मुद्रामा देखिन्छन् । माइला छोरा अमृत आचार्य त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन सेन्टरको तेस्रो तलामा छटपटाइरहेका छन् ।

जीवन प्रायः छोरासँगै हुन्छन् । घरि छोरालाई सुम्सु.म्याएर समय बिताउँछन् । घरि औषधी किन्न दौडिन्छन्, घरि डाक्टर भेट्न, घरी छोराका लागि जाउलो ओसार्न । जाउलो यसकारण कि छोराले अहिले मुखबाट खान सक्दैनन् । मुखमा हालेर घाँटीबाट छिरेको अन्न आमाशयसम्म पुग्ने नली नै छैन ।

अमृतको कोखा प्वाल पारेर एउटा पाइप झिकिएको छ । बाँच्नका लागि त्यही नालीबाट जाउलो खन्याएर आन्द्रासम्म पुर्‍याइन्छ । दशैँको छेकोमा विभिन्न कार्यक्रमबाट आएको निम्तोलाई जीवनले थाती राखे । केही दिन भयो, उनलाई कार्यक्रममा निम्तोका लागि फोन आएको छैन । तर, जीवनको भोडा फोनले पनि एकछिन सास फेर्न पाएको छैन ।

फोनमा प्रायः सबैको एउटै जिज्ञासा, ‘के भएको हो छोरालाई ?’ जीवन झर्कंदैनन् । शान्तपूर्वक एउटै जवाफ दोहार्‍याइरहन्छन्, ‘अन्ननलीमा हाड अड्किएर इन्फेक्सन भएछ । हाड मात्र निकाल्न सम्भव भएन । अप्रे.शन गरेर अन्ननली नै काटि.एको छ । यतिले मात्र पुग्दैन, झन् ठूला अप्रेशनहरु बाँकी छन् ।’

फेरि फोन । फेरि जिज्ञासा । फेरि उस्तै उत्तर…। हिँड्दा पनि । बस्दा पनि । उठ्दा पनि । घाम पश्चिमतर्फ ढल्किइसकेको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा आनन्दसँग बसेर कुरा गर्ने ठाउँको खोजीमा छौं यति बेला ।

खैरो बक्स जाँघे, खैरै टिसर्टमाथि पालतो ज्याकेटमा छन् जनगायक जीवन शर्मा । ज्याकेटको चेन खुला छ । स्पोर्टस जुत्तामा चप्पलमा जसरी खुस्स घुसारेका खुट्टासँग हिँडिरहेछन् उनी । हिँड्दा हिँड्दै चिकित्सकको क्वार्टरमा पो पुगिएछ ! गणेशमान भवननजिकै ।

एक युवती करेसाबारीमा पानी हाल्दै थिइन् । जीवनलाई देख्नेवित्तिकै सम्मानपूर्वक नमस्कार टक्राइन् । अनि बस्नका लागि प्लास्टिकको कुर्सी ल्याइपुर्‍याइन् ।

अब कुरा गर्नका लागि मोवाइल साइलेन्समा राख्नुको विकल्प छैन जीवनसँग । जीवनले जीवनभर गरिव, भरिया, किशान, र क्रा.न्तिका गीत गाए । उनी सादगी जीवनका रुपमा परिचित छन् । उनकै परिचयले प्रश्न जन्मायो, ‘उपचारको खर्च व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?’

जीवन निसंकोच बोल्छन्, ‘खास मसँग संकलन गरेको पैसा हुँदैन । केही रकम थियो, त्यो पहिलो दिनमै सकियो । समान्यतया मैले थेग्ने अवस्था पनि रहेन ।’ त्यसपछि सम्पूर्ण जिम्मा दाजु अर्जुन आचार्यको पोल्टामा पर्‍याे। अर्जुनले त्रिचन्द्रमा प्राध्यापन गर्छन् । जीवन हाँस्दै भन्छन्, ‘लेक्चररसँग कति पैसा हुन्छ र ?’ तर, जीवनले सरसापट, ऋण गरेर छोराको उपचारमा कमी हुन दिएका छैनन् ।

जीवन बडो भावुक मुद्रामा बोल्छन्, ‘यतिबेला मलाई आफ्नै गीतले प्रेरणा दिएको छ– समयसँग सम्झौता होइन संघर्ष गर संघर्ष आउँछन् हजार–हजार चुनौति स्वीकार गर सहर्ष, सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ
हजारौैँ चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ । दशैँको टीकाको अघिल्लो दिन । दिनको एक बजेतिर अमृत दिउँसोको खाना खाँदै थिए । च्याङ्ग्राको मासु र भात । चार गाँस खाएपछि अमृतले बुबालाई भने, ‘मेरो त घाँटीबाट पोल्दै पेटसम्म पुग्यो । निक्कै दुख्यो ।’ अमृतले मुखमा अर्को गाँस राख्न सकेनन् ।

परिवारलाई लाग्यो, ‘एसिडिटी वा ग्यास्ट्रिकका कारणले पो यस्तो भयो कि !’ फोनमा डाक्टरले पनि यस्तै सुझाए । अमृतले ग्यास्ट्रिकको औषधी खान थाले । दशैँ आयो । गयो । अहँ बीसको उन्नाइस भएन । ‘होइन, ग्यास्ट्रिक बिग्रेर अल्सर त भएन ?’

दशैँको तेस्रो दिन इन्डोस्कोपीका लागि अमृतलाई ग्रिनसिटी पुर्‍याइयो । इन्डोस्कोपीपछि डाक्टरले भने, ‘अन्ननलीमा हाडको टुक्रा अड्किएको छ, त्यसलाई निकाल्नुपर्छ । यहाँ चिकित्सक हुनुहुन्न । वीर अस्पतालमा ल्याउनुस्, उतै निकालाैंला ।’

जीवनले छोरालाई हतार–हतार वीर अस्पताल लगे । स्वास्थ्य जाँचले झन डरलाग्दो रिपोर्ट दियो, ‘मुटु र फोक्सोको बीचमा छन् हाड्का टुक्रा । बायाँ को.पे मुटुलाई असर पुर्‍याउँछ, दायाँ कोपे फोक्सोलाई । तत्काल निकालिहाल्नुपर्छ ।’

डाक्टरले खुब मेहनत गरे । तीन घण्टासम्म लगाएर ब्लेजरले काटेर निकाल्नेसमेत प्रयास नगरेका होइनन् । तर, सम्भव भएन । त्यसपछि डाक्टरले भने, ‘अब आइतबार हेरौँला ।’ दशैँको मौसम, प्रायः चिकित्सक घर विदामा ।

जीवन शर्माले आइतबारसम्म कुर्न सकेनन् । त्यहाँबाट उनलाई मनमोहन का.र्डियो थोरासिक लगियो । चिकित्सकले भने, ‘सम्वेद.नशील छ । घाँटी र आमाशयको बीचको अन्ननलीमा हाडले प्वाल पारेको छ ।’

सामान्य समस्या भनेर अस्पताल पुगेका अमृतको परिवारमा अन्न नलीसम्म काट्नुपर्ने परिस्थिति आयो । एउटा बालाई यो भन्दा ठूलो पीडा अर्को के हुन सक्ला ? ‘सामान्य मानिसको पी.डा देख्दा म खट्न सक्दिनँ । सहन पनि सक्दिनँ । आफैंलाई दुःखेजस्तो लाग्छ । तर, आफ्नै सन्तानको पी.डा देख्दा त कस्तो लाग्यो होला ?’ जीवन शर्मासँग प्रश्न मात्रै छ ।

दुश्मनलाई छलेर हिँडेका, जेलमा कठोर दिनको सामना गरेका, व्यवस्था परिवर्तनका निम्ति आफ्नै जीवनलाई तरवारको धारमा राखेका जीवनलाई यो परिस्थितिको सामना गर्न कठिन भइरहेको छ यतिबेला । जब अप्ठ्यारो पर्छ, तब मैले मान.सिकता दह्रो बनाउन थाल्छु । जब अरु रु.न थाल्छन्, स्ट्रोङ हुन थाल्छु । त्यसपछि म तत्कालको मेरो कर्तव्य सम्झन्छु,’ जीवनलाई थाहा छ, ‘सौन्दर्य भनेको दुःख र पीडाबाट उम्रन्छ ।’

उनी छाती फुलाएर भन्छन्, ‘यस्तै दुःखमा परेका संसारभरिका शोषित पी.डित वर्गको गीत गाउँदै हिँड्दा पैसा कमाउनमा ध्यान पुगेन । तर, त्यो भन्दा सुन्दर अर्को बाटोमा हिँडेको छु । त्यसैले जीवनप्रति मलाई कुनै प.श्चात्ताप छैन ।’ जी

‘मनमोहनका चिकित्सकले एकदिन पनि ढिलो गरेनन् । रातको १२ बजेदेखि शल्य.क्रिया थाले । बिहानसम्म लगाएर अन्ननलीसँगै अड्किएको हाडको टुक्रा निकालियो ।’ यति भनेपछि जीवनले लामो सुस्केरा हाले । अनि भने, ‘रात दिन नभनी खटिने डाक्टरहरुलाई मेरो सलाम !’

शल्य.क्रियाको नेतृत्व गरेका मनमोहन सेन्टरका कार्डियो थोरासिक सर्जन डा. रञ्जन सापकोटा भन्छन्, ‘हाडले अन्ननलीको तल्लो भागमा प्वाल पारेको थियो । संक्रमणका कारण मिर्गौला र कलेजोको कामसमेत प्रभावित बनिसकेको थियो । हामीले ७ घण्टा लगाएर अप्रेशन गर्‍याैं । अब प्वाल परेको अन्ननलीबाट तत्काल खान सम्भव छैन ।’

बिरामी सामान्य अवस्थामा आएपछि अर्को शल्य.क्रिया गरिने उनले बताए । डा. सापकोटा भन्छन्, ‘यो निकै जटिल शल्य.क्रिया हो । अब अर्को अप्रे.शन गरेर अन्ननलीको निर्माण गर्नुपर्छ । अन्ननली प्रत्यारोपण गर्न मिल्दैन । आमाशयको थैली काटेर त्यसबाट अन्ननली बनाउनुपर्छ ।’

चिकित्सकका अनुसार यसरी गरेको अप्रेश.नपछि आमाशयले पहिलेको जस्तै काम गर्ने छैन । उक्त आमाशयसँग शक्ति सञ्चय गरेर राख्ने क्षमता हुँदैन । थोरै–थोरै खाइरहनुपर्ने हुन्छ । यो दुवै शल्य.क्रिया र औषधीका लागि ७ लाख रुपैयाँभन्दा बढी खर्च लाग्छ ।

जीवन शर्माको गोजीमा थियो ३० हजार रुपैयाँ । त्यो त्यही दिन सकियो । त्यसपछि उनले साथीहरुलाई सरसापट माग्न थाले । उनी भन्छन्, ‘दशैँका बेला दुईदिन त हम्मे–हम्मे नै पर्‍याे । परिस्थिति कस्तो बन्यो भने जोसँग भए पनि पैसा लिएर दबाई त किन्नैपर्‍याे । दबाई निकै महंगो ।’

यतिबेला शर्माले गाएको गीतको याद आउँछ…
कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा
हलो जोत्नु, गिटी कुट्नु होला राम्रो धन्दा

होला बरु झुपडीमा भोकै सुत्नु राम्रो
बितोस बरु जिन्दगी पसिनामै हाम्रो
चाहिँदैन मलाई सिसाको महल …

हाम्रो मनमा एउटा प्रश्न उब्जियो– जीवनभर श्रमिकका गीत गाएर, क्रा.न्तिका गीत गाएर अहिले आफ्ना छोराछोरीलाई उपचार गर्ने बेलामा अप्ठ्यारो परिस्थिति सिर्जना हुँदा कतै आफैंले बिताएको जीवनबारे आफैंप्रति खे.द लाग्दैन ?’

यो प्रश्नबाट जीवन कत्ति पनि विच.लित देखिएनन् । बरु लामो जवाफ फर्काए – ‘पैसा कमाउने बाटो र सच्चाइको बाटो फरक हो । सच्चाइको बाटोमा हिँड्दा पैसा हुन पनि सक्छ र नहुन पनि । पैसाको बाटोमा हिँड्नेलाई जसरी हुन्छ, पैसा नै कमाउनुपर्छ । तर, मैले रोजेको सच्चाइको बाटो हो । यो बाटोमा हिँड्दा चाहे धन जम्मा होस् या नहोस्, चाहे गरिबीमा नै बाँच्न किन नपरोस् । चाहे छोराहरुको उपचारमा मैले आर्थिक योगदान दिन नसकुँ, जुनसुकै परिस्थितिको पनि सामना गर्ने हिम्मतका साथ मैले सच्चाइको बाटो रोजेको हुँ । गरीव, शोषि.त, पी.डित जनताको गीत गाउनेजस्तो महान काम अर्को केही हुँदैन ।’

जीवन शर्मासँगै राजनीति शुरु गरेका थुप्रैले आज घर ठड्याएका छन् । सानो रोग लाग्दा विदेशसम्म पुग्ने हैसियत राख्छन् । तर, जीवन शर्मा ज्याद्रो छन् । यसले पनि छुँदैन उनलाई । भन्छन्, ‘हो मसँग पैसा भएको भए महंगो अस्पतालमा उपचार गर्थे हुँला । तर, त्यहाँ अलि बेड सफा हुन्थे होला । पाहुनाका लागि दुई चारवटा कुर्सी हुन्थे होला । तर, उपचार गर्न त यहीँका डाक्टर जाने न हुन् ।’ शर्माले अहिले धेरै साथीहरुबाट सहानुभूति पाएका छन् । कतिले भनेका छन्, ‘यो तपाईको छोराको मात्र समस्या होइन । यो हामी सबैको छोराको समस्या हो । कहाँ सहयोग गर्नुपर्छ भन्नुहोला ।’

आखिर यही नै जीवन शर्माको सम्पत्ति हो । त्यसैले त उनी छाती फुलाएर भन्छन्, ‘यस्तै दुःखमा परेका संसारभरिका शोषित पीडित वर्गको गीत गाउँदै हिँड्दा पैसा कमाउनमा ध्यान पुगेन । तर, त्यो भन्दा सुन्दर अर्को बाटोमा हिँडेको छु । त्यसैले जीवनप्रति मलाई कुनै पश्चात्ताप छैन ।’ जीवनले जीवनमा यति ठूलो पारिवारिक बज्रपात सामना गरेको यो पहिलो हो ।

पहिलो चरणको अप्रे.शनपछि डिस्चार्जको तयारीमा छ अस्पताल । उनलाई थाहा छैन, यसपछिको अप्रे.शनमा कति खर्च लाग्छ ? तर, यत्ति कामना गरेका छन् कि नेपालकै चिकित्सकबाट यो अप्रेशन सम्भव हुनेछ र छोरा निको हुनेछन् । त्यसपछि २९ वर्षीया अमृतकी श्रीमतीको मुहारमा खुशी फुल्नेछ । छोराले पिताको कुशल अभिभावकत्व पाउनेछन् ।

जीवनको जीवनलाई नजिकबाट छामेपछि हामीले अरु क्रान्ति.कारीहरुलाई सम्झियौं । सरकार पनि त क्रान्ति.कारीकै छ । जीवनले जीवनभर परिवर्तनका बाहेक अन्य गीत गाएनन् । तर, आज पनि परिवर्तनको अनुभूत गर्न नपाएका लाखौँ जनता छन्, जसको जिन्दगी जीवनले गाएको यो गीतभन्दा ठीक उल्टो भयो ।

जाल थापी हिँड्ने जलहरीको पासोमा कतै नपस्नु है
दुष्टले तिमीलाई झुक्क्याइदेला बल्छीमा कतै नफस्नु है
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाऊ
सागर भेट्न जाँदैछ नदी, सँगै सँगै जाउ …
अनलाइन् खबरबाट

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।