प्रकाश र शान्ति श्रीको “झिलिमिली तिहार” (भिडियाे)

पाेखरा १ कात्तिक- नेपाली लोकप्रिय गायिका शान्ति श्री परियार र गायक दिपेन्द्र डाँगीको “झिलिमिली तिहार” बोलको गीत सार्वजनिक भएको छ । गीतलाई डिजिटल लाइभ नेपालको युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा गायक दिपेन्द्र डाँगीको नै शब्द, संगीत तथा एरेंज रहेको छ । नाचेर रमाईलो गर्ने कुरा गरिएको उक्त गीतमा मायालुको गाउँ झिलिमिली भएर मायालुको गाउँमा नै रमाईलो गर्न आएको कुरा गरिएको छ ।

प्रकाश सपूत , करिना डाँगी र रिचा थापाको अभिनय रहेको उक्त गीतको भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । तिहारको परिवेश प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा रमाईलो गर्दै र निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । असोक बि.क.को निर्देशनमा तयार भएको गीतको भिडियोलाई रविन बि.क.ले संपादन गरेका हुन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।