प्रमोद खरेलको नयाँ गीत ‘पहिले दिल’ सार्वजनिक (भिडियाे)

पाेखरा १ कात्तिक- नेपाली क्षेत्रमा निकै नै लोकप्रिय प्रमाेद खरेलका साथमा गीतकार बी पाण्डेको नयाँ गीत पहिले दिल गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलका स्वर रहेको यस गितमा ऋषि खड्काको संगित रहेको छ । बी पाण्डेका रचनामा सार्वजनिक भएका गीतहरु लोकप्रिय रहेका छन् ।शंका नगर, बन्की चरि जस्ता सयौंका चर्चित गीतका रचनाकार पाण्डे विभिन्न अवार्डबाट सम्मानित भएका छन् ।

उनले गीतकार विधामा असोजमा मात्रै दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल भएका छन ।कमल सौरागको एरेन्ज रहेको गितलाई म्युजिक प्लसले बजारमा ल्याएको हो ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।