धुर्मुस-सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को छायांकन सकियो

पाेखरा १ कात्तिक- धुर्मुस-सुन्तलीको निर्माण रहने सिनेमा ‘सेन्टी भाइरस’को छायांकन सकिएको छ । रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाको वर्किङ टाइटल ‘एन्टी भाइरस’ लामो समय टिमको छलफल पछि सामाजिक व्यंग्य रहने सिनेमाको शिर्षक ‘सेन्टी भाइरस’ जुराइएको थियो ।

सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीसँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहेको छ ।

सुबिहानी फिल्मस प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ। सह-निर्मातामा डिन्डुका भाई फुर्पा लामा रहेका छन्। धुर्मुस-सुन्तलीले छोरी सुबिहानीको नामबाट व्यानर दर्ता गरेका छन्। कुमार कट्टेल र दीपक आचार्यको लेखनमा निर्माण हुने सिनेमामा राजनराज सिवाकोटीरकालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहनेछ।

‘हामीले सिनेमा निर्माण गर्ने खबर बाहिएरसँगै सामाजिक संजालमा लगानीको बारेमा धेरै टिका-टिप्पणी सुनेका थियौँ। विशेषत सिनेमामा अमेरिकामा बस्दै आउनु भएका डिन्डु लामा ह्योल्मो र फुर्पा लामाले लगानी गर्दै हुनुहुन्छ।

सामाजिक कथाबस्तुमा निर्माण हुने सिनेमाको मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा सहयोग गरिने कलाकार सिताराम कट्टेलले जानकारी दिए। ‘हामीले सिनेमा निर्माण गर्ने खबर बाहिएरसँगै सामाजिक संजालमा लगानीको बारेमा धेरै टिका-टिप्पणी सुनेका थियौँ। विशेषत सिनेमामा अमेरिकामा बस्दै आउनु भएका डिन्डु लामा ह्योल्मो र फुर्पा लामाले लगानी गर्दै हुनुहुन्छ।

उहाँ हामिसँग सिनेमामा सहकार्य गर्न करिब २ देखि नै प्रतिक्षारत हुनुहुन्थ्यो। त्यसैले हामीले सम्झौतामै २० प्रतिशत मुनाफा सामाजिक कार्यमा खर्चिने हस्ताक्षर गरेका थियौँ।’धुर्मुसले अगाडी थपे ‘सामाजिक कार्य अन्तर्गत १५ प्रतिशत रकम गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदानलाई सहयोग गर्नेछौँ। भने, बाँकी ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा सहयोग हुनेछ।’

भवन निर्माणको जिम्वेवारी पाउन धुर्मुस-सुन्तली फाउन्डेसनले अपिल गरेको समेत उनले बताए। ‘उहाँहरुले हामिलाई भवन निर्माणको जिम्वेवारी दिनुभयो भने ठिकै छ। भएन भने पनि हामि मुनाफाको ५ प्रतिशत हस्तान्तरण गर्नेछौँ।’ धुर्मुसले जानकारी गराए ।

करिब ५ वर्ष पछि दर्शकको चाहना बमोजिम हामी कलाकारिता माध्यमबाट दर्शक माँझ पुग्दैछौँ। पूर्णत मनोरंजनको प्याकेज ल्याएर उपस्थित हुनेछौँ।’ कलाकार कुञ्जनाले बताइन। कास्कीको रुपाकोटमा खिचिने सिनेमाको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने र सिजन दाहाल छन्। भने, कला निर्देशकमा मधुसुधन कार्की छन्।

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।