महिनावारी भएको बेला पुजापाठ गर्नेु, मन्दिर जानु हुन्छ कि हुँदैन?

पाेखरा १ कात्तिक-महिला महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन, पर बस्नु भनिन्छ । महिनावारीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो । प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ। महिनावारीमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशिल हुन्छौ ।

पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । महिनावारीमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो ।

कालान्तरमा यो निषेधको रुपमा बुझियो ।भारतमा काम्ख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न । तिमी महिनावारीमा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी नारी हौँ । तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । अब हजलाइ के लाग्छ महिनावारी हुदाँ पुजापाठ गर्न हुन्छ की हुदैँन् ।

प्रकाशित मिति October 18, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।