बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बे.पत्ता
बागलुङ । फोटो खिच्ने क्रममा खोलामा बेपत्ता भएकी महिलाको श.व आइतबार भेटिएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी श्रीपाली बडिगाड खोलामा खसेर बे.पत्ता भएको एक सातापछि तुरतुरे तालमा श.व भेटिएको हो ।
बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बेपत्ता भएकी थिइन् ।
आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लिएर खोलामा खसेको र एक हप्तापछि बडिगाड खोलाकै तुरतुरे तालमा श.व भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।
भाइले यसो भन्छन
प्रकाशित मिति October 17, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।