लुटेराले वृद्धालाई ‘तपाइँको पैसा चाहिँदैन’ भन्दै निधारमा यसरी चुमे (भिडियो)

ब्राजिल १७ अक्टुबर- केही समय पहिला ब्राजिलमा २ जना लुटेराले एक फार्मेसी लुटेका थिए । उनीहरुले फार्मेसीबाट २ सय ४० अमेरिकी डलर लुटेकाे भन्ने एजेनसीले बताएकाे छ। उनीहरुले फार्मेसी लुटिरहँदा देखिएको एक दृश्य भने निकै रोचक छ। जब लुटेराहरु फार्मेसीमा पसेका हुन्। पैसा देउ भन्दै फार्मेसीका मालिकलाई बन्दुक ते*स्र्याए एक वृद्धा जो औषधी किन्न गएकी थिइन् उनी निकै डराइन्।

उनले पनि आफूसँग भएको पैसा लुटेरालाई दिन चाहिन्। उनले पैसा लैजाउ भनिन्। जुन लुटेरालाई उनले पैसा लैजाउ भनिन्। उनले वृद्धाबाट पैसा लिएनन्। बरु उनले ती वृद्धालाई ‘तपाइँको पैसा चाहिँदैन’ भन्दै उनको निधारमा चुम्बन गरे। यस घटनाको भिडियो फुटेज सार्वजनिक भएको छ। जहाँ लुटेरा र वृद्धाबीचको संवाद प्रष्ट सुन्न सकिन्छ।

सामाजिक संजालमा यतिबेला लुटेराहरुको आलोचना हुनुपर्नेमा प्रशंसा भइरहेको छ। लुटेराहरुमा मानवता भएको मानिसहरु बताइरहेका छन्। प्रहरीेले लुटेराको खोजी भइरहेको बताएको छ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।