छ माया छपक्कै हेर्न रवि लामिछाने दम्पति हल सम्म पुगे, कलाकार, मन्त्रीहरु भन्दा रविको पछि फोटो खिचाउन सर्वसाधारणको भिड लाग्यो (भिडियो)

पाेखरा ३० असाेज- नेपाली चर्चित नायिका र नायक दिपक दिपाको टिमले निर्माण गरेको चलचित्र छ माया छपक्कैले बम्पर ओपनिङ्ग गरे संगै चलचित्र टिमले आज जय नेपाल हलमा विशेष शो आयोजना गरेको छ । सेलिब्रिटीहरु देखि मन्त्रिहरु यस चलचित्र हेर्न हल सम्म पुगेका छन् ।

छ माया छ पक्कै चलचित्र हेर्न रवि लामिछाने दम्पति पनि पुगेका थिए । प्राय कमै देखिने रवि दम्पति यस चलचित्रका लागि समय निकालेर आएका हुन् र पुरै चलचित्र हेर्ने गरि आएको बताएका थिए । चलचित्र हेर्न पुगेका रविलाई देखेर उनका शुभचिन्तकको भिड लागेको थियो ।

चलचित्रका ठुला सेलिब्रिटी भन्दा पनि रविलाई देखेपछि सर्वसाधारण फोटो खिचाउन झुम्मिएका थिए । भुवन केसी देखि करिश्मा मानन्धरहरु यस शोको मुख्य आकर्षणहरु बन्न पुगे भने मन्त्रिहरुमा लाल बाबु पण्डित देखि योगेश भट्टराइ सम्म पुगेका छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पनि चलचित्र हेर्न पुगेका छन् । फिल्मको कथा कञ्चनपुरको गोदावरी गाविसको घडेरी गाउँ र टोडेकेको हो । घडेरी गाउँमा कम्युनिस्टहरु बढी छन्, घडेरी गाउँमा लोकतान्त्रिक विचारधारा राख्नेहरु छन् ।

२०४५ सालको भूकम्पपछि घडेरी गाउँमा पानीको मुहान सुक्यो । टोड्केमा भने पानीको समस्या थिएन । गाउँका नेता बिपी (दीपकराज गिरी)‘कमरेड’लाई गाउँमा जसरी पनि पानी ल्याउनु छ । बिपीका बुबा (प्रकाश घिमिरे) पनि चुनाव जितेर गाउँमा पानी ल्याउन चाहन्छन् । छिमेकी गाउँ टोड्केमा दबदबा भएको लोकतान्त्रिक मत राख्ने नेता कुनै हालतमा पानी दिन चाहँदैनन् ।

लोकतान्त्रिक दलका नेताकी छोरी जल (केकी अधिकारी) बिपीको क्रान्तिकारी विचारबाट प्रभावित हुन्छिन् र पछि लाग्छिन् । बिपीभन्दा आधा उमेरकी जलको मायामा बिपी पनि पर्छन् र घडेरी गाउँको पानीको समस्या समाधानमा प्रेम नै सहयोगी हुन्छ । मौलिक नेपाली फिल्म बनाउने दाबी गर्ने दीपक–दीपाको समूहमा यसपालि ‘घामपानी’ अनि ‘गोपी’ जस्तो अग्र्यानिक फिल्म बनाएका निर्देशक दीपेन्द्र लामा समेत थपिएका थिए ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।