हाम्रो पार्टी नयाँ टेस्टसहित होः डा. भट्टराई

पाेखरा ३० असाेज- प्रचण्ड बाबुराम एक समयको चर्चित जोडी हो । तर पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई विपरित दिशामा रहेका छन् । भट्टराईले आफ्नो पार्टी काठमाडौंको मःम पसल जस्तो नभएको बताउँनु भएको छ ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूराना पार्टीहरु भन्दा पार्टी फरक रहेको उहाँले स्पष्ट पार्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो ।तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन। नयाँ टेस्टसहित हो ।

उहाँले भन्नुभयो, ‘अब यो सरकारबाट के आशा गर्ने, यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ ।

एक फरक प्रशंगमा अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको ब्याख्या गर्नुभएको छ । दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको भन्दै जनताको पक्षमा कुनै काम गर्न नसकेकाले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गर्नुभयो ।

सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत कुनै काम हुन नसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अब यो सरकारबाट के आशा गर्ने, यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ। केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत साबित ग‍र्यो ।’ संयोजक भट्टराईले विप्लव नेतृत्वको माओवादीले लिएको बाटो गलत भएको स्पष्ट पार्नुभयो

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।