यी हुन् सुपरमोडल संसारकै सुन्दर महिला

पाेखरा ३० असाेज- ग्रीक गणितका अनुसार सुपरमोडल बेला हदिद संसारकै सबैभन्दा सुन्दर महिला हुन् । मिडिया रिपोर्टलाई मान्ने हो भने ‘गोल्डेन रेसियो अफ ब्यूटी फि स्ट्यान्डर्ड’ का अनुसार धर्तीको सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकले भिक्टोरियाज सिक्रेट मोडलको अनुहार चयन गरेको छ ।

‘गोल्डेन रेसियो अफ ब्यूटी फी’ ले क्लासिक ग्रीक क्यालकुलेशनलाई आधार बनाएर सुन्दरतालाई परिभाषित गर्छ । यसमा सुन्दर अनुहारको आकार गणना गरिन्छ जसमा ओठ, नाक, चिउँडो र जलाइनको आकार र स्थितीको मूल्यांकन गर्छ ।

रेशियो’ मापदण्ड अनुसार २३ वर्षीया बेलाको अनुहार मापदण्डसँग ९४.३५ प्रतिशतसम्म मिल्छ । यस्तै यही मापदण्डका अनुसार पप डिभा बियोन्सेलाई दोस्रो स्थानमा राखिएको छ । उनको अनुहार मापदण्डसँग ९२.४४ प्रतिशतसम्म मेल खान्छ ।

नायिका अम्बर हर्ड ९१.८५ प्रतिशतको अनुपातसहित तेस्रो स्थानमा छिने भने पप स्टार एरियाना ग्रान्डे ९१.८१ प्रतिशतसहित चौथो स्थानमा छिन् । यस्तै, ९१.६४ प्रतिशतसहित टेलर स्विफ्ट पाँचौ स्थानमा छिन् ।

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।