मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय

पोखरा ३० असोज– ऐश्वर्या राय पछिल्लो समय फिल्ममा कमै देखिने गरेकी छिन् । यसअघि उनी चलचित्र ‘फन्ने खान’ मा देखिएकी थिइन् । फिल्ममा हुन् । उनले एक सुपरस्टार गायिकाको भूमिका निभाएकी थिइन् ।

उनका फ्यानलाई उनलाई फेरि पर्दामा देख्न चाहेका छन् । ऐश्वर्याको अभिनय कुरेका फ्यानका लागि भने यतिबेला खुशीको खबर छन् । उनले मणिरत्नमको एक नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् ।

यो फिल्ममा उनको भूमिका दोहोरो हुनेछ । ऐश्वर्याले मणिरत्नमसँग काम गर्दा आफूलाई रमाइलो लाग्ने बताएकी छिन् । यसअघि पनि उनले केही फिल्ममा मणिसँग काम गरेकी छिन् । उनले मणिलाई गुरु मान्छिन् ।

यसअघि यी दुईले इरुवर, गुरु र रावणमा सहकार्य गरेका थिए । फिल्मको नाम के हुनेछ र यसको कहानी के हुनेछ भन्नेबारेमा भने अहिले केही खुलाइएको छैन ।

प्रकाशित मिति October 17, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।