छ माया छपक्कै ‘ हेर्न हल पुगेका रवि लामिछाने र निकिता पौडेललाई माग्ने बुढाको न्यानो स्वागत

काठमाडौं ३० असोज- देशभर प्रदर्शन भइरहेको चलचित्र “छ माया छपक्कै” ले अहिलेसम्मकै आक्रमण व्यापार गरिरहेको बेला फिल्म हेर्न नेता देखि चर्चित व्यक्तित्वहरु हल सम्म पुगेका छन् ।

दीपकराज गिरी र केकी अधिकारी , माग्ने बुढा, जितु नेपाल लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको चलचित्र ‘छ माया छपक्कै’लाई दर्शक र समिक्षकहरुले राम्रो प्रतिक्रिया दिइरहँदा निर्माण टीमले पनि छक्का पञ्जाको रेकर्ड ब्रेक गरेको दाबि गरेका छन् ।

विशेष निमन्त्रणामा “छ माया छपक्कै” हेर्न हल पुगेका चर्चित सञ्चारकर्मी रवि लामिछाने र श्रीमती निकिता पौडेललाई चलचित्रका मुख्य कलाकार केदार प्रसाद घिमिरे र दीपक राज गिरीले न्यानो स्वागत गरेका थिए ।

प्रकाशित मिति October 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।