सुजुकीले नेपालमा ल्यायो सस्तोमा पावरफुल ‘जिक्सर २५०’ बाइक, यस्तो छ मूल्य

ल न्यू डिजिटल कन्सोलमा, डिजिटल स्पीडो मिटर, टेकोमिटर, गियर इन्डिकेटर, फ्यूल वार्निग, फ्यूल गज जस्ता फिचरले मोटरसाइकल निकै लोडेड रहेको छ

भीजी सुजुकीले नेपाली बाजरमा जिक्सर २५० एसएफ र नेकेड दुई मोडल नेपालमा ल्याएको छ । सुजुकी जिक्सर १५० भन्दा बढी पावर चाहानेको लागी यो मोडल निक्कै उपयोगी हुनेछ ।

२४९ सीसी ४ स्ट्रोक सिगंल सिलिन्डर एसओएचसी फ्यूल इन्जेक्सन इन्जिनले ९००० आरपीएममा २६ बीएच पावर तथा ७००० आरपीएममा २२.६ एनएम टर्क जेनेरेट गर्छ । सेफ्टीलाई विशेष ध्यानमा राखेर ड्युल च्यानल स्यान्डर्ड एबीएस जडित यस मोटरसाइकलमा फ्रन्टमा टेलीस्कोपीक तथा रियरमा स्वीङ आर्म मोनोशक रहेको छ ।

अल न्यू डिजिटल कन्सोलमा, डिजिटल स्पीडो मिटर, टेकोमिटर, गियर इन्डिकेटर, फ्यूल वार्निग, फ्यूल गज जस्ता फिचरले मोटरसाइकल निकै लोडेड रहेको छ । यस मोटरसाइकलमा ब्रस फिनिस अलोय ह्वील तथा अल न्यू डिजिटल इन्स्टुमेन्ट कन्सोल निक्कै आकर्षक छ ।

यस मोटरसाइकलको मूल्य ४ लाख ६१ हजार ९०० रुपैयाँ मात्र तोकिएको कम्पनिले जनाएको छ ।

प्रकाशित मिति October 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।