अस्ट्रेलियामा यसरी रमाउँदै प्रकृति श्रेष्ठ (तस्वीरहरु)

पोखरा २८ असोज- कुनै जमानाकी हिट मोडल तथा नायिका प्रकृति श्रेष्ठ आजभोलि मोडलिङमा खासै सक्रिय छैनिन् । प्रकृति र पल शाहले अभिनय गरेको म्युजिक भिडियो ‘हेलो हनी बनी’ निकै चर्चित भयो । यो भिडियोले पल शाह र प्रकृति दुवैलाई खुबै चर्चित बनायो । यी दुईको जोडीलाई धेरैले रुचाए पनि ।

चलचित्र ‘होस्टेल’ मा अभिनय गरेर थप चर्चामा आएकी प्रकृतिले केही वर्षअघि गुपचुप बिहे गरिन् । उनले अस्ट्रेलिया बस्दै आएका सुदीप न्यौपानेसँग बिहे गरिन् । सुदीपसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

पछिल्लो समय मिडिया र म्युजिक भिडियोमा खासै नदेखिएकी प्रकृति सामाजिक सञ्जालमा भने सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा अस्ट्रेलियाको समुद्री तटमा रमाएका तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । उनले आफ्ना पति सुदीप न्यौपानेसँगका तस्वीर पनि शेयर गरेकी हुन्छिन् ।

बेलाबेलामा नेपाल आउने प्रकृतिले त्यतिबेला भने नेपाली फिल्ममा काम गर्न मन रहेको बताउँदै आएकी छिन् । त्यसो त उनले चलचित्र ‘होस्टेल’ मा काम गर्दा निर्माता सुनील रावलले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् । पछि त्यो कुरा यत्तिकै सेलायो । मिडियामा खासै नदेखिए पनि प्रकृतिका फ्यानले सामाजिक सञ्जालमा भने उनलाई फलो गरेका छन् ।

हेर्नुहोस् उनका केही तस्बिरहरु:

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।