पाकिस्तानमा यसकारण विवादमा तानिइन् सारा खान (फोटो फिचर)

पोखरा २८ असोज- नेपाली चर्चित चर्चित अभिनेत्री तथा टेलिभिजन प्रस्तोता सारा खान बेला बखत चर्चासँगै विवादमा आउने गर्छिन् । पछिल्लो समय उनले लगाएको पोसाकका कारण विवादमा तानिएको विषयले चर्चा पाएको हो ।

उनको ड्रेसअपका कारण पाकिस्तानमा चर्को विरोध भएको थियो
। पाकिस्ताननी टिभी शोमा समेत काम गरेकी उनले अन्तर्वार्ताका क्रममा आफ्नो विवादबारे खुलासा गरेकी हुन् । पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

१ पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले निकै छोटो कपडा लगाएकी थिइन्। उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे। एकैछिनमा उनलाई स्थानीयले घेरे ।

उनको त्यही ड्रेसअपको विरोध भयो । त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा छोटो कपडा लगाउन पाइँदैन। यस विषयमा जानकारी हुनासाथ उनी कोठामा गएर कपडा परिवर्तन गरेकी थिइन् । सामाजिक संजालमा पोस्ट गर्ने तस्बिरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरासँग डेट गरिरहेकी छन्।

हेर्नुहोस् उनका केही तस्बिरहरु:

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।