बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो

पोखरा २८ असोज- युएई बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैटौं पत्नी हायाको १ तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् ।

उक्त तस्विरबाट उनका भाइले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विरमा उनका भाइ प्रिन्स अलीले नै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । हाया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो जीवन रक्षा गर्न माग गर्दै मख्तुमको विरुद्धमा रिट समेत दायर गरेकी छिन् ।

४५ वर्षीया हाया र उनका भाइ जोर्डनका राजकुमारसँग बसेको तस्बिर सार्वजनिक भएको हो ।तस्वीरमा हायाका भाईले उनलाई अँगालो मारेको देखिन्छ ।

यो तस्बिर उनका भाई प्रिन्स अलीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पति मख्तुमबाट छुट्टिएपछि आफ्नो जीवन बचाउन लण्डनमा दुई बच्चाहरुको साथ लुक्नुपरेको रानी हायाले दाबी गर्दै आएकी छिन् । हाया र अली जोर्डनका राजा हुसेनका छोराछोरी हुन् ।

हुसेनपछि १९९९ मा अब्दुल्लाह दृतियले त्यहाँको सिंहासन सम्हालेका थिए । हालसालै राजा अब्दुल्लाहले दुई पटक युएइको भ्रमण समेत गरेका छन् । शासक मोहम्मदले अदालतसँग पत्नीसहित बच्चाहरुलाई युइए पठाउन माग गरेका छन् । ७० वर्षीय शेख मोहम्मदको हायासँग सन् २००४ मा विवाह भएको थियो ।

युएइका भाइस प्रेसिडेन्ट समेत रहेका उनका ६ वटी पत्नी रहेका छन् । ६ वटी पत्नीहरुमध्ये हाया छैटौं पत्नी हुन् । उनका ६ वटा पत्नीका २० वटा छोराछोरी रहेका छन् । हायाको जन्म जोर्डनकी दिवंगत रानी आलियाको कोखबाट भएको थियो ।

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।