भारतमा ट्रक पल्टिदा बासुदेवको म*र्नु न बाच्नु अवस्था ! (भिडियो)

बैतडीका बासुदेव जोशी मात्र २५ बर्षका भए । सानै उमेरमा आमाको मृ*त्यु भएपछि घरमा बुढो बुवालाई पाल्न र परिवारलाई लागेको ऋण तिर्न कलिलो उमेरमै भारतमा गाडी चलाउन गएका बासुदेव ३ बर्षअघि भारतमा ट्रक दुर्घ*टनामा परे ।

उनी आईक्रिम लिएर जाँदै थिए, अचानक ट्रक सडकबाट ४ सय मिटर तल खस्यो । ६ महिनापछि बासुदेवलाई होस आयो । होस आउँदा उनी गाउँमा थिए । भारतको कम्पनीले नेपाली हो भन्ने थाहा पाएपछि उनलाई आधा उपचार गरी निको नै नभै नेपाल फकाईदिएछ ।

दुर्घ*टनामा परी उनले आफ्नो दुवै खुट्टा गुमाए जस्तै भयो । उनका खुट्टा त छन् तर २ बर्ष भन्दा बढिदेखि उनी उठेर हिड्न सकेका छैनन् । बासुदेव यतिबेला उपचार हुन्छ कि भनेर काठमाडौंमा आएका छन् । बिगत ६ महिनादेखि किर्तिपुरमा एउटा कोठा भाडामा लिएर साथीहरुको साहारामा उनी बाँचेका छन् ।

डाक्टरले ३५ लाख हाराहारी उपचार खर्च भए खुट्टा निको हुने बताएका छन्

उनको दशैं खल्लो भयो । घरमा बुढो बुवाले रोएर दशैं बिताए, यता छोराले । डाक्टरले ३५ लाख हाराहारी उपचार खर्च भए खुट्टा निको हुने बताएका छन् तर उनको परिवारसँग उपचार गर्ने पैसा छैन, परिवार ऋणमा छ ।

मिडियामा उनको भिडियो औपछि ६ लाख हाराहारीको सहयोग उठिसकेको र अब ३० लाख भन्दा बढि उपचार खर्च जुटाउनु पर्ने देखिएको छ ।

यसैबिच शिशिर भण्डारी उनको कोठामा पुगे र भिडियो कैद गरे । जापानबाट उनलाई सहयोग गर्न आएका दिलेन्द्र जोशीले उनलाई १० हजार सहयोग गरे । मिडियामा उनको भिडियो औपछि ६ लाख हाराहारीको सहयोग उठिसकेको र अब ३० लाख भन्दा बढि उपचार खर्च जुटाउनु पर्ने देखिएको छ । बासुदेवले धेरै पटक जीवन त्याग्ने प्रयाश गरे । औषधी खान खोजे तर सकेनन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।