पूर्व युवराज पारस र सोनिकाको भिडियो सामाजिक सञ्जालमा भाइरल

पोखरा २८ असोज- हाल सामाजिक सञ्जालमा पूर्व यूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरले बन्यो । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताए ।

यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हो’ बुलेट मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै सोनिका हुन् ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक ।

सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहे । भिडियोमा पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग हिड्नु शोभनीय नहुने अधिकांशले टिप्पणी गरिएका छन् ।

प्रकाशित मिति October 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।