नायिका पूजा शर्माको दशैँ विशेष (फाेटाे फिचर)

पाेखरा २७ असाेज- नेपाली चर्चित नायिका पूजा शर्माको दशैँ विशेष नायिका पूजा शर्माले महंगो पारिश्रमिक लिदै नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा अनुबन्ध भएकी छिन् । यसअघि आफै चलचित्र निर्माण गर्दै आएकी पूजाले यसपटक भने यो चलचित्रमा अभिनय मात्र गर्ने भएकी छन् ।

एभी प्रोडक्शन प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।यो चलचित्रमा नायिका पूजा शर्माको साथमा नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ ।

१ जना नायकको खोजी भैरहेको निर्माणपक्षले बताइएको छ । नायिका पूजा शर्माले यो चलचित्रका लागि १५ लाख पारिश्रमिक लिएकी छिन् । आफ्नो ब्यानर भन्दा बाहिरको चलचित्रमा पूजाले ‘म यस्तो गीत गाउँछु र रामकहानी’पछि काम गर्न लागेकी हुन् । दुवै फिल्ममा पूजा निर्मात्री समेत रहेकी थिइन्।

फिल्म रिलिजको बेला विवादमै आएर भएपनि आफ्नो फिल्मको प्रचार गर्ने ‘निन्जा टेक्निक’ त पुरानो नै हो । यतिबेला भने बजारमा अर्को टेक्टिक पनि उत्तिकै मौलाएको छ । त्यो के भने, आफू राम्रो हुन अर्कालाई नराम्रो बनाइदिने ।

कलाकार तथा नायिका पूजा शर्माले पछिल्लो समय केही फिल्म खेलेर औसत चर्चा कमाएकी छिन् । उनका फिल्म राम्रा होऊन् या नहोऊन् तर कामचलाउ व्यापार गर्ने गर्छन् । कुनै पनि फिल्मले राम्रो व्यापार गर्नु राम्रो पनि हो । यतिबेला भने पूजा शर्मा फिल्मका कारण भन्दा पनि व्यक्तिगत अभिव्यक्तिका कारण चर्चामा छिन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई आफ्नो फिल्म ‘रामकहानी’ सँग अर्को फिल्म ‘रोजी’ जुधाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।